रामदेवविरुद्धका भिडियो हटाउन फेसबुक र गुगललाई अदालतको आदेश « Khabarhub

रामदेवविरुद्धका भिडियो हटाउन फेसबुक र गुगललाई अदालतको आदेश


७ कार्तिक २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- दिल्ली उच्च अदालतले सामाजिक सञ्जाल फेसबुक, गुगल, युट्युब र ट्वीटरलाई योग गुरु रामदेवविरुद्धका आपत्तिजनक भिडियो तथा सामग्री विश्वभर हटाउन आदेश दिएको छ ।

भारतका प्रयोगकर्ताका लागि मात्रै त्यस्ता आपत्तिजनक भिडियो सामग्रीहरु हेर्न प्रतिबन्ध लगाउनु उचित नभएकाले विश्वभरबाटै प्रतिबन्धका लागि यस्तो आदेश दिइएको न्यायाधीश प्रतिभा एम सिंहको तर्क छ । भारतमा मात्रै प्रतिबन्ध लगाउने हो भने सामाजिक सञ्जालमा रहिरहने त्यस्ता सामग्री प्रयोगकर्ताले अन्य कुनै माध्यमबाट हेर्न सक्ने अदालतको ठहर छ ।

आपत्तिजनक कुनै पनि भिडियो सामग्रीलाई विश्वभरमै रोक्नका लागि सामाजिक सञ्जालहरुलाई अदालतले आदेश दिएको हो ।

यसअघि सामाजिक सञ्जालका सम्बन्धित कम्पनीले आपत्तिजनक त्यस्ता सामग्रीको लिंक (युआरएल) भारतमा प्रतिबन्ध गर्न कुनै आपत्ति नहुने जनाउँदै विश्वभरका लागि भने त्यसो गर्न नसक्ने जवाफ दिएका थिए ।

अदालतले गत वर्षको सेप्टेम्बरमा रामदेवसँग सम्बन्धित पुस्तकमा लेखिएका मानहानिजनक अंश हटाउन आदेश दिएको थियो । ती आपत्तिजनक पुस्तकका अंश सामाजिक सञ्जालमा धेरैले पोस्ट तथा सेयर गर्दै आएका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहिबार  २ : ४४ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको