रवि र बालेनलाई प्रचण्डको कटाक्ष : सहरमा हल्ला गरेर देशै कब्जा भइसकेको भ्रम छर्दैछन् « Khabarhub

रवि र बालेनलाई प्रचण्डको कटाक्ष : सहरमा हल्ला गरेर देशै कब्जा भइसकेको भ्रम छर्दैछन्


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहर बजारमा बस्ने मानिसहरूले सामाजिक सञ्जालमा हो-हल्ला गरेर जनताका मुक्तिदाता बन्न खोजेको बताएका छन् ।

दाहालले सहर बजारका मान्छेले जनताका मुक्तिदाता भएको भ्रम छर्न खोजिरहेको पनि जिकिर गरेका छन् ।

नेकपाको चुनाव चिह्न ‘तारा’अंकित झण्डासहित रुकुमपूर्वदेखि काठमाडौंसम्म पैदलै आइपुगेका केशव रावललाई सम्मान गर्न पेरिस डाँडामा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

दाहालले दशकौँ लडाइँ र तपस्याबाट विचारसहित आएका दलहरू सिद्धिसके भनेर हल्ला फैल्याइएको पनि जिकिर गरे ।

‘सोसल मिडिया हेर्दा सहर-बजारका मान्छेका हो-हल्ला सुन्दा विचारविहीन, इतिहासविहीन, त्याग, तपस्या, बलिदान र निष्ठाविहीनले नेपाल पूरै कब्जा गरिसके भनेको जस्तो छ’, उनले रवि लामिछाने, बालेन्द्र साह र कुलमान घिसिङतिर लक्षित गर्दै भने, ‘अरू पार्टी त सिद्धिसके भन्ने मात्रै छ । जसले दशकौँ लडाइँ गरेर त्याग, तपस्या विचार र निष्ठाका कीर्तिमान राखेका छन्, तिनैलाई बदमास र यिनको अब काम छैन भनिँदैछ । सोसल मिडियाबाट हो-हल्ला गर्ने नै मुक्तिदाता हुन् भनेर बजार र मोबाइल बोक्नेको हात-हातमा भ्रम पारिएको छ ।’

दाहालले आगामी दिनमा पार्टी र राष्ट्रिय एकता बलियो बनाउन शान्ति समृद्धि र समाजवादको यात्रालाई अझै सशक्त बनाउन संकल्प गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ३ : ५० बजे

वैदेशिक सहायता राष्ट्रिय प्रणाली र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाललाई प्राप्त हुने वैदेशिक सहायता

सत्तामा जो आए पनि कसैलाई फसाउने, कसैलाई बचाउने माध्यम बन्नबाट अख्तियारलाई जोगाउनुपर्छ : कानुनमन्त्री

काठमाडौं– कानून न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियारको डरले

अर्का सुकुम्वासीले पनि गरे आत्महत्या

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले करिब चार महिना अघि काठमाडौंको

वैदेशिक सहायता परिचालन हुनेगरी आवश्यक नीतिगत सुधार गर्न सरकारलाई लेखा समितिको निर्देशन

 काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले परिणाममुखी खर्चको सिद्धान्तअनुसार वैदेशिक

इरानद्वारा ट्रम्पको आर्थिक दबाब नीतिको आलोचना

तेहरान- इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप