आलम प्रकरणः प्रत्यक्षदर्शी २५ जनासँग प्रहरीले लियो बयान | Khabarhub Khabarhub

आलम प्रकरणः प्रत्यक्षदर्शी २५ जनासँग प्रहरीले लियो बयान


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हत्या आरोपमा पक्राउ परेका मोहम्मद अफताव आलममाथि अनुसन्धान गरिरहेको प्रहरीले घटनाका दर्शीहरुसँग पनि बयान लिइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयले घटनाका प्रत्यक्षदर्शी भनिएका २५ जनासँग बयान लिएको जनाएको छ । बयान लिईएकामध्ये अधिकांशलाई घटनाको साक्षीका रुपमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भुपेन्द्र खत्रीले अनुसन्धान अगाडि बढाई आवश्यकता अनुसार विभिन्न व्यक्तिहरुसँग सोधपुछ र वयान लिने कार्य भइरहेको जानकारी दिए । प्रहरीले बयान लिएकाहरुको नाम भने गोप्य राखेको छ ।

२०६४ साल चैत्र २७ गते संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा रौतहटको राजपुरराजपुर फरदवामा भएको बम बिस्फोटको मुख्य अभियुक्त मानिएका अफ्ताव आलम प्रहरीको हिरासतमा छन् भने किटानी जाहेरी परेका अन्य चार जना फरार छन् ।

यस घटनामा आलम सहित ५ जनामाथि किटानी जाहेरी परेको थियो । आलमसँगै आलमका भाई महताव आलम, शेख भदई, मोविन आलम र शेख सरजमाथि किटानी जाहेरी परेको थियो ।

उक्त विस्फोटमा करिब २० जना घाइते भएको प्रहरीको निस्कर्ष छ । बम बनाउँदै गर्दा बिस्फोट भएपछि मृतक तथा घाइतेलाई एउटा ट्याक्टरमा राखेर नजिकै रहेको आलमको भाञ्जाको इटाभट्टामा हालेर जिउँदै जलाइएको आलममाथि आरोप छ ।

प्रहरीले घटना देख्ने राजपुरका स्थानीय, घटनामा संलग्न केही व्यक्ति, ट्याक्टरका मालिक आदिसँग बयान लिइसकेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ७ : ०८ बजे

भीमदत्त नगरपालिकास्थित स्वास्थ्य केन्द्रमा प्रयोगशाला सञ्चालन

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– १६ स्थित सहरी स्वास्थ्य केन्द्रका प्रयोगशाला

जेन–जी आन्दोलनको प्रभाव : ‘अभिमन्यु’ पनि फूलपातीमै, चार फिल्मको बक्स अफिस प्रतिस्पर्धा

काठमाडौं – जेन–जी आन्दोलनको कारण प्रदर्शन स्थगित भएको फिल्म ‘अभिमन्यु’

चितवन जिल्ला अदालतबाट सेवा सुरु

चितवन– चितवन जिल्ला अदालतले आजदेखि सीमित सेवा सञ्चालन गरेको छ ।

जेन–जी आन्दोलनका क्रममा लगिएका मालसामान फिर्ता गर्न संसद सचिवालयको आग्रह

काठमाडौं– संघीय संसद् सचिवालयले जेन–जी आन्दोलनका क्रममा भदौ २४ गतेको

भैरहवामा ठूलो वर्षा, जनजीवन प्रभावित

रुपन्देही– भैरहवा र यसका आसपासका क्षेत्रमा गएरातिदेखि परेको भारी वर्षाका