महामन्त्रीद्वयले गरे कांग्रेसको नियमित महाधिवेशन स्थगित « Khabarhub

महामन्त्रीद्वयले गरे कांग्रेसको नियमित महाधिवेशन स्थगित


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले नेपाली कांग्रेसको नियमित महाधिवेशन स्थगित भएको घोषणा गरेका छन् ।

महामन्त्रीद्वयले जारी गरेको विज्ञप्तिमा केन्द्रीय कार्यसमितिले मंसिर १५ गते तय गरेको नियमित महाधिवेशनको कार्यतालिका परिमार्जन नहुनु र अन्य कार्यहरूमा ढिलाइ भएपछि स्थगन भएको उल्लेख छ ।

अहिलेसम्म ५ लाख ७९ हजार ३ सय ९५ क्रियाशील सदस्यताको नवीकरण पूरा भइसकेको छ भने बाँकी जिल्लामा प्रक्रिया पूरा भएपछि कुल सङ्ख्या ६ लाखभन्दा बढी पुग्ने अपेक्षा गरिएको छ। यस अवधिमा १ लाख ९५ हजार ७ सय ३७ नयाँ सदस्यता इन्ट्री पनि भएको छ।

‘५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरी माग गरेका विशेष महाधिवेशनको विकल्पका रूपमा नियमित महाधिवेशन नै प्राथमिकता थियो। तर नियमित महाधिवेशन समयमै सम्पन्न नहुने भएपछि विशेष महाधिवेशन अघि बढाउने सम्भावना पनि खुला रहेको छ’, विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा पार्टी विधानको दफा १७(२) अनुसार विशेष महाधिवेशनसम्बन्धी सबै कार्यहरू सर्वसम्मतिमा अघि बढाउने तयारी भइरहेको उल्लेख छ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  ७ : ०५ बजे

फोटो लाइब्रेरीले खिँचेको तोसिमा कार्कीको फोटोमा कसले गर्‍यो छेडखानी ?

काठमाडौँ – चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम

यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राप्रपा बैठक बहिष्कारबारे पूर्वअध्यक्षको स्पष्टीकरण: ‘पार्टी कमजोर भएको मूकदर्शक बनेर हेर्न सक्दैनौँ’

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को हालै सम्पन्न केन्द्रीय

पहिलो पटक विश्वकप खेलेको केप भर्डेको तहल्का: स्पेनपछि उरुग्वेलाई झट्का

मियामी – पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेले आफ्नो सनसनीपूर्ण

इरानसँग बेल्जियमको गोलरहित बराबरी, एनगोयले पाए रातो कार्ड

लस एन्जलस- उपाधि दावेदार मानिएको बेल्जियम फिफा विश्वकप अन्तर्गत समूह