युक्रेनी ड्रोन आक्रमणमा २४ जनाको मृत्यु : रुस « Khabarhub

युक्रेनी ड्रोन आक्रमणमा २४ जनाको मृत्यु : रुस


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रुसको नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी खेरसोन क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ । ५० भन्दा बढी व्यक्ति घाइते भएका प्रारम्भिक रिपोर्टबाट जानकारी प्राप्त भएको मस्कोका गभर्नर र रुसी अधिकारीहरूले बिहीबार बताएका छन् ।

‘ब्ल्याक सीको तटीय ग्रामिण इलाकामा रहेको एक क्याफे र होटलमा तीनवटा यूएभीले आक्रमण भएको र यसबाट २४ जनाको मृत्यु भएको र ५० भन्दा बढी व्यक्ति घाइते भएका छन्,’ गभर्नर भ्लादिमिर साल्डोले आक्रमणको पुष्टि गर्दै टेलिग्राममा लेखेका छन् । 

रुसी अनुसन्धान समितिले २० जनाभन्दा बढीको मृत्यु भएको र कैयौँ घाइते भएको आक्रमणबारे अनुसन्धान सुरु गरेको जनाएको छ । साल्डोले टेलिग्राममा पोस्ट गरेका तस्वीरहरूमा आगोले जलेको भवन, धुँवादार भग्नावशेषको थुप्रो र जलेका मृत शरीरहरू देखिएका थिए ।

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले युक्रेनले सर्वसाधारणमाथि ‘आतंकवादी हमला’ गरेको आरोप लगाएका छन् । 

युक्रेनी अधिकारीहरूले यस विषयमा कुनै टिप्पणी गरेका छैनन् । खोरली गाउँ ‘ब्ल्याक सी’ तटमा रूसी प्रायद्विपमा अवस्थित छ र फेब्रुअरी २०२२ मा युक्रेन विरुद्ध रूसी सेनाले सुरु गरेको आक्रमणको सुरुवातमा रूसी नियन्त्रणमा परेको थियो।

सन् २०२२ को शरद ऋतुमा युक्रेनी सेनाले प्रत्याक्रमणको क्रममा क्षेत्रीय राजधानी सहित खेरसोन क्षेत्रको ठूलो भाग पुनः कब्जा गरेको थियो । 
 

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  ७ : १७ बजे

अमेरिकासँगको दोस्रो चरणको शान्ति वार्ताका लागि इरानी प्रतिनिधि इस्लामावादमा

इस्लामाबाद– मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने प्रयासस्वरूप अमेरिकासँग दोस्रो चरणको शान्ति

बस्ती छाड्दै मनोहराका सुकुमबासी

भक्तपुर– भक्तपुरको मनोहरास्थित सुकुमबासी बस्तीका बासिन्दा बस्ती खाली गर्न थालेका

गाजा संकट गहिरिँदै : मृतक सङ्ख्या बढ्दो

एजेन्सी– गाजा क्षेत्रमा शुक्रबार इजरायली आक्रमणका क्रममा कम्तीमा १० जना

दाङमा सवारी दुर्घटनाको अवस्था : चार वर्षमा तीन सय बढीको मृत्यु

दाङ– गत चैत ५ गते बेलुका ७ः०० बजे तुलसीपुर उपमहानगरपालिका-९

सन्दीपले दिलाए सातौँ सफलता, यूएईको इनिङ सङ्कटमा

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शनिबार नेपाल र