मौलिकताका लागि चेतना जगाउँदै मनाइयो राष्ट्रिय पोसाक तथा टोपी दिवस « Khabarhub

मौलिकताका लागि चेतना जगाउँदै मनाइयो राष्ट्रिय पोसाक तथा टोपी दिवस


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रत्येक वर्ष जनवरी १ तारिखका दिन मनाइने राष्ट्रिय पोशाक तथा टोपी दिवस आज देशभर मौलिकताका लागि चेतना जगाउँदै विभिन्न कार्यक्रमसहित मनाइएको छ ।

दिवस मनाउने क्रममा मुख्य सहरमा राष्ट्रिय पोसाक तथा टोपी लगाएर प्रदर्शन गरिएको थियो । विसं २०७० पुस १७ गते काभ्रेपलाञ्चोकको बनेपामा केही युवाको सक्रियतामा सुरु भएको अभियानले अहिले देशव्यापी स्वरुप ग्रहण गरेको छ । यो दिवस पछिल्लो समय राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाललगायत संस्थाको नेतृत्वमा मनाउन थालिएको छ ।

दिवसका अवसरमा पुरुषले दौरा, सुरुवाल र महिलाले गुन्यू, चोली लगाएर प्रदर्शन गरेका थिए । दिवसका कार्यक्रममा पछिल्ला वर्षहरुमा सहभागिता बढ्न थालेको प्रतिष्ठानका अध्यक्ष राजानन्द बजगाईं माण्डव्यले बताए । पोसाकसँगै देशका सबै मौलिक संस्कृतिको संरक्षण गरिनुपर्ने अभियानमा लागेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले हाल करिब चार दर्जन जिल्लामा शाखा विस्तार गरेको जनाएको छ । वेषभूषा, भाषाशैली एवं संस्कृतिका लागि सबै नेपाली मौलिक हुनुपर्ने लक्ष्यका साथ यो अभियान चलाइएको प्रतिष्ठानले जनाएको छ । यो १३औँ पोसाक तथा टोपी दिवस हो । विश्वभर फैलिएका सबै नेपालीलाई समेट्दै दिवसलाई अन्तरराष्ट्रिय नामकरण गरेको जनाइएको छ ।

पश्चिमा संस्कृतिले गाँज्दै गएपछि जनवरी १ तारिखकै दिन यो दिवस मनाउन थालिएको प्रतिष्ठानले जनाएको छ । राष्ट्रवादको नारा लगाउनेले नै नेपाली संस्कृतिलाई पन्छाउने गरेकाले चेतनामूलक जागरणका लागि यो दिवसले योगदान गर्ने विश्वास लिइएको छ ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  ८ : १८ बजे

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने