अब राहदानी छपाइसँगै वितरण साविकअनुसार « Khabarhub

अब राहदानी छपाइसँगै वितरण साविकअनुसार


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राहदानी विभागले राहदानी पुस्तिकाको आपूर्ति र छपाइसँगै राहदानीको वितरण साविकअनुसार अर्थात् जेनजी आन्दोलन पहिला भएको व्यवस्थालाई तालिकाअनुसार सम्बन्धित कार्यालयमा पठाइने भएको छ ।

अब उप्रान्त सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोगबाट राहदानीका लागि आवेदन दिने आवेदकको राहदानी समयमै छपाइ गरी पूर्ववत् रूपमा पठाउने व्यवस्था मिलाइएको विभागका सूचना अधिकारी केशवराज पन्थीले जानकारी दिए ।

तत्काल राहदानी आवश्यक परी विभागमा आवेदन दिन परेमा आवेदकको मागअनुसार पर्याप्त भेट समय खुला गरिएकाले आवेदन दिँदा आफूले रोजेको समयमा विभागमा उपस्थित भई सेवा प्रवाहमा सघाउनका लागि सम्पूर्ण सेवाग्राहीप्रति विभागले अनुरोध गरेको छ ।

जिल्ला÷इलाका प्रशासन कार्यालयबाट कम्तीमा गत मङ्सिर १५ गतेसम्म आवेदन दिने आवेदकको राहदानी तयार गरी पठाइ सकिएको र त्यसपछि आवेदन दिने आवेदकको पुस २५ गतेसम्ममा पठाउने व्यवस्था मिलाइएको विभागले जनाएको छ ।

विभागले विदेशस्थित नेपाली नियोगबाट मङ्सिर मसान्तसम्म आवेदन दिने आवेदकको राहदानी वैयक्तिकरण गरी पठाइ सकिएको र अन्य आवेदकको हकमा नियमित तालिकाअनुसार पठाउने व्यवस्था मिलाउनुका साथै यही महिनाको २५ गते पश्चात साविककै समय तालिकाअनुसार एक÷दुई हप्ताको अन्तरमा छपाइ गरी सम्बन्धित कार्यालयमा पठाइने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  ९ : ०७ बजे

बीमा रकम भुक्तानी सहजतातर्फ, १५ अर्ब रकम विनियोजन, विगतको बक्यौता पठाइँदै

काठमाडौँ– स्रोतको अभावजस्ता कारणहरूले अघिल्ला वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य

बीस विद्यालयलाई ल्यापटप वितरण

हुम्ला– हुम्ला जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा रहेका

हुम्लाका विद्यालयलाई फुटबल सहयोग

हुम्ला– अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा यहाँ विद्यालयस्तरमा फुटबल

संघीयता सबलीकरणसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक

पूर्वाधार विकासको प्रतीक्षामा ‘दोमुख’

हुम्ला– हुम्ला र मुगु जिल्लाको सिमानामा रहेको हुम्ला कर्णाली तथा