कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक « Khabarhub

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार दिउँसो ३ बजे बस्ने बैठकमा पार्टीको १५औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यता महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गते पार्टीको विशेष महाधिवेशन गर्ने तयारी अघि बढाएका छन् । बहुमत महाधिवेशन प्रतिनिधिको आह्वानमा उनीहरूले विशेष महाधिवेशन गर्ने तयारी अघि बढाएका हुन् । सोहीबारे सभापति शेरबहादुर देउवाले आज (बिहीबार) दिउँसो कार्यवाहक सभापति पूर्णबहहादुर खड्का‚ नेता शेखर कोइराला‚ मीनेन्द्र रिजाल‚ रमेश लेखकलगायतसँग छलफल गरेका थिए।

सभापति देउवाले शुक्रबार बिहान आफूपक्षीय नेताहरूको बैठक पनि बोलाएका छन्।

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  १० : ०१ बजे

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घमा ओली निर्वाचित

बाँके– बाँकेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको निर्वाचनबाट नयाँ नेतृत्व चयन

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौं–  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने

भैँसी चराउन गएका ६० वर्षीय ब्रह्मदेवको खोलामा डुबेर मृत्यु

वीरगञ्ज– खोलामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । विन्दवासिनी गाउँपालिका–२

गरिमालाई न्याय माग्दै माइतीघरमा आज पनि प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीय बालिका गरिमा