कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक « Khabarhub

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार दिउँसो ३ बजे बस्ने बैठकमा पार्टीको १५औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यता महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गते पार्टीको विशेष महाधिवेशन गर्ने तयारी अघि बढाएका छन् । बहुमत महाधिवेशन प्रतिनिधिको आह्वानमा उनीहरूले विशेष महाधिवेशन गर्ने तयारी अघि बढाएका हुन् । सोहीबारे सभापति शेरबहादुर देउवाले आज (बिहीबार) दिउँसो कार्यवाहक सभापति पूर्णबहहादुर खड्का‚ नेता शेखर कोइराला‚ मीनेन्द्र रिजाल‚ रमेश लेखकलगायतसँग छलफल गरेका थिए।

सभापति देउवाले शुक्रबार बिहान आफूपक्षीय नेताहरूको बैठक पनि बोलाएका छन्।

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  १० : ०१ बजे

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने