नयाँ वर्षे मनाउँदै गर्दा बारमा आगलागी : ४० जनाको मृत्यु, ११५ घाइते « Khabarhub

नयाँ वर्षे मनाउँदै गर्दा बारमा आगलागी : ४० जनाको मृत्यु, ११५ घाइते


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

स्विट्जरल्याण्ड – दक्षिणी स्विट्जरल्याण्डको क्रान्स–मोन्टानामा रहेको स्की रिसोर्टको बारमा आगलागी हुँदा ४० जनाको मृत्यु भएको छ। त्यहाँको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाए अनुसार नयाँ वर्षको उत्सव मनाउँदै गर्दा भएको आगलागीमा परेर थप ११५ जना घाइते भएका छन्। घाइते अधिकांशको अवस्थामा गम्भीर रहेको प्रहरीले बताएको छ।

भिडभाड रहेको समयमा आगलागी हुँदा ठुलो क्षति भएको हो। आगलागी राति करिब साढे १ बजे सुरू भएको थियो। त्यहाँका युवा पुस्ताका लागि प्रसिद्ध उक्त बारमा नयाँ वर्ष मनाउनेको भीड लागेको थियो।

स्थानीय क्यान्टनका प्रहरी प्रमुख फ्रेडरिक गिस्लरले मृतकको संख्या अझै पुष्टि प्रक्रियामा रहेको बताएका छन्। घाइतेमध्ये धेरैलाई गम्भीर जलन भएकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ।

कसरी आगो सल्कियो भन्ने कुनै पुष्टि भइसकेको छैन। बेसमेन्टतर्फ ‘जन्मदिनमा प्रयोग हुने फाउन्टेन क्यान्डल’ काठको छत नजिक राख्दा आगो सल्किएको दाबी केही मिडियाले गरेका छन्। प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको बताएको छ।

बारमा स्विट्जरल्याण्डका मात्र नभए विभिन्न देशका नागरिक भएको बताइएको छ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ७ : १९ बजे

अक्षरभित्र ब्रह्माण्डको ऐना

मनप्रसाद सुब्बा भारतीय-नेपाली साहित्यका एक प्रख्यात कवि, लेखक, र सामाजिक

बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित

खजुरा– बाक्लो हुस्सु र कुहिरोले बाँकेलगायत पश्चिम तराईको जनजीवन प्रभावित

हुल्म-मान्म सडक धमाधम कालोपत्र गरिँदै

मान्म– कर्णाली राजमार्गअन्तर्गत हुल्म–मान्म सडक धमाधम कालोपत्र भइरहेको छ ।

भुरुङ्दीखोलामा पुल निर्माणको अन्तिम चरणमा

पर्वत– भुरुङ्दीखोलामा  निर्माणाधीन मोटरेबल पुल निर्माणको अन्तिम चरणमा पुगेको छ

आरपी पन्तको ‘समय’ सार्वजनिक

काठमाडौं – आरपी पन्तको म्युजिक भिडियो ‘समय’ सार्वजनिक भएको छ।