सिरहा – सिरहाको लहान नगरपालिकाले चिसो मौसमलाई मध्यनजर गर्दै ४५ जना असहाय ज्येष्ठ नागरिक तथा एकल महिलालाई फाइबर सिरक वितरण गरेको छ ।
स्नेह वृद्धाश्रम लहानको सहजीकरणमा आयोजित कार्यक्रममा नगरप्रमुख महेशप्रसाद चौधरीले सिरक वितरण गरे । नगरप्रमुख चौधरीले भने, “चिसोका कारण कुनै पनि ज्येष्ठ नागरिक कष्टमा नपरुन् भन्ने उद्देश्यले नगरपालिकाले सिरक वितरणलाई निरन्तरता दिँदै आएको छ । असहाय र विपन्न वर्गको संरक्षण हाम्रो प्राथमिकता हो ।”
उनका अनुसार यसअघि पनि दलित बस्ती तथा विपन्न समुदायमा सयौँ थान फाइबर सिरक वितरण गरिसकिएको छ ।
वितरण कार्यक्रममा स्नेह वृद्धाआश्रमकी अध्यक्ष रीता महतो, सचिव अशोक महतोलगायतको उपस्थिति थियो । सो अवसरमा अध्यक्ष महतोले लहान नगरपालिकाका २४ वटै वडाबाट छनोट गरिएका असहाय ज्येष्ठ नागरिकको पहिचान गरी सिरक वितरणका लागि सहजीकरण गरिएको जानकारी दिए । साथै उहाँले केही महिनाभित्रै लहान–१० मा वृद्धाश्रम सञ्चालन गर्ने तयारी भइरहेको पनि जानकारी दिए ।













प्रतिक्रिया