साम्राज्यवादी आक्रमणविरुद्ध सडकमा आउन जनतालाई भेनेजुएला सरकारको आह्वान « Khabarhub

साम्राज्यवादी आक्रमणविरुद्ध सडकमा आउन जनतालाई भेनेजुएला सरकारको आह्वान


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ल्याटिन अमेरिकी मुलुक भेनेजुएलामा श्रृङ्खलाबद्ध आक्रमण भएको छ । भेनेजुएलाको राजधानी काराकासस्थित सैन्य आधारसहित विभिन्न सात स्थानमा श्रृङ्खलाबद्ध विस्फोट भएको हो ।

स्थानीय समयअनुसार शनिबार बिहान दुई बजे विस्फोटन शुरु भएको समाचार संस्था एपीले जनाएको छ । विस्फोट हुनुअघि भेनेजुएलाको हवाइ क्षेत्रमा निकै होचो उचाइमा केही विमान उडेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

भेनेजुएलाले आक्रमणमा अमेरिकाको हात रहेको आरोप लगाएको छ । अमेरिकाको रक्षा प्रशासन पेन्टागनले यसबारे थप जानकारीका लागि राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा सम्पर्क गर्न आग्रह गरेको छ ।

यसैबीच, भेनेजुएलामा राष्ट्रिय संकटकालको घोषणा गरिएको छ । निकोलस मादुरो नेतृत्वको सरकारले हरेक राजनीतिक तथा सामाजिक शक्तिलाई सडकमा निस्किन आह्वान गरेको छ ।

‘बोलिभारियन सरकार यो साम्राज्यवादी आक्रमणविरुद्ध मुलुकका हरेक राजनीतिक तथा सामाजिक शक्तिलाई सडकमा आउन आह्वान गर्दछ ।’ भेनेजुएला सरकारले जारी गरेको सूचनामा भनिएको छ । भेनेजुएला सरकारले आफूलाई ‘बोलिभारियन’ भन्ने गरेको छ ।

अमेरिका र भेनेजुएलाबीच सम्बन्ध बिग्रिरहेका बेला आक्रमण भएको हो । अमेरिकाले भेनेजुएलामाथि ‘लागूऔषध आतङ्कवाद’ अर्थात् नार्को टेरोरिज्ममा संलग्न रहेको आरोप लगाउँदै आएको छ ।

अमेरिकाले क्यारेबियन सागरमा भेनेजुएलाका केही डुङ्गालाई लक्षित गरी आक्रमण समेत गर्दै आएको छ ।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  २ : ३० बजे

फोटो लाइब्रेरीले खिँचेको तोसिमा कार्कीको फोटोमा कसले गर्‍यो छेडखानी ?

काठमाडौँ – चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम

यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राप्रपा बैठक बहिष्कारबारे पूर्वअध्यक्षको स्पष्टीकरण: ‘पार्टी कमजोर भएको मूकदर्शक बनेर हेर्न सक्दैनौँ’

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को हालै सम्पन्न केन्द्रीय

पहिलो पटक विश्वकप खेलेको केप भर्डेको तहल्का: स्पेनपछि उरुग्वेलाई झट्का

मियामी – पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेले आफ्नो सनसनीपूर्ण

इरानसँग बेल्जियमको गोलरहित बराबरी, एनगोयले पाए रातो कार्ड

लस एन्जलस- उपाधि दावेदार मानिएको बेल्जियम फिफा विश्वकप अन्तर्गत समूह