भारतीय सुरक्षा बलको कारवाहीमा परी १४ जना माओवादी विद्रोहीको मृत्यु : प्रहरी « Khabarhub

भारतीय सुरक्षा बलको कारवाहीमा परी १४ जना माओवादी विद्रोहीको मृत्यु : प्रहरी


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतले देशको मध्य क्षेत्रमा लामो समयदेखि चलिरहेको विद्रोहलाई दमन गर्ने अभियानका क्रममा भारतीय सुरक्षा बलले कारवाही गर्दा शनिबार भएका दुई झडपमा परी १४ जना माओवादी विद्रोही लडाकुहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । मध्य भारतमा सीमान्तकृत आदिवासीहरूको अधिकारका लागि लडिरहेको भन्दै नक्सलवादी विद्रोहीहरूले दशकौँदेखि चलाएको विद्रोहमा दश हजार भन्दा बढी मानिसहरूको मृत्यु भएको छ ।

सरकारले यस समूह माथि कारबाही गरिरहेको छ, जसको नाम हिमालयको फेदमा रहेको गाउँको नाममा राखिएको छ जहाँ लगभग छ दशक अघि माओवादी–प्रेरित विद्रोह सुरु भएको थियो । प्रहरीका अनुसार विद्रोहीहरूलाई मध्य राज्य छत्तीसगढमा शनिबार गोली हानेर मारिएको थियो ।

छत्तीसगढ प्रहरीले विज्ञप्ति जारी गर्दै मासुकमा र बिजापुर जिल्लामा भएको झडपमा १४ जना माओवादी मारिएको जनाएको छ । विद्रोहीहरुसँग गोलाबारुद र एसल्ट राइफलहरू जफत गरिएको छ ।

अधिकारीहरूले बारम्बार मार्चको अन्त्य सम्ममा विद्रोह पूर्ण रूपमा अन्त्य गर्ने वाचा गरेका छन् । सन् २००० को दशकको मध्यमा अनुमानित १५ हजार देखि २० हजार लडाकुहरूसहित नक्सालवादी विद्रोहले कुनै समय देशको लगभग एक तिहाइ भागमा प्रभुत्व जमाएको थियो ।

तर हालैका वर्षहरूमा समुह कमजोर भएको जनाइएको छ । सरकारी तथ्याङ्क अनुसार सन् २०२४ देखि छत्तीसगढमा शीर्ष नेतृत्वको साथै पाँच सय बढी माओवादी विद्रोही मारिएको भारतको सुरक्षा बलले जनाएको छ ।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ६ : ०१ बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका