हरेक संस्कृतिको जगेर्ना गर्नु सबैको दायित्व होः मुख्यमन्त्री आचार्य « Khabarhub

हरेक संस्कृतिको जगेर्ना गर्नु सबैको दायित्व होः मुख्यमन्त्री आचार्य


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संस्कृतिको जगेर्ना गर्नु सबैको दायित्व रहेको बताएका छन् ।

थारू कल्याणकारिणी सभा दाङको आयोजनामा माघ सांस्कृतिक महोत्सव–२०८२ (थारू संवत् २६४९) का अवसरमा आज उहाँले लुम्बिनी प्रदेश हरेक जातजाति, संस्कृति र वेशभूषाले सजिएको भन्दै सबैको विकासका लागि प्रदेश सरकारले काम गरिरहेको बताए ।

मुख्यमन्त्री आचार्यले भने, “यो प्रदेश एउटै मालाका रूपमा रहेको छ । यहाँ हरेक समुदायका आफ्नै वेशभूषा र संकृति भए पनि एकतामा गोलबद्ध भएका छौँ, यो समग्र नेपालको पहिचान र विशेष हो ।”

उनले भूमिपुत्रका रूपमा चिनिने थारू समुदायले आफ्नो संस्कृति बचाएर राखेकामा खुसी व्यक्त गर्दै अब संस्कृतिको प्रचारप्रसार गरी व्यावसायिक लाभ लिनुपर्ने आवश्यकता औँल्याए ।मुख्यमन्त्री आचार्यले दाङको चखौरामा प्रदेश सरकारको सहयोगमा थारू सांस्कृतिक सङ्ग्रहालय बनाइएको र र सो सङ्ग्रहालयले आन्तरिक तथा बाह्य पर्यटकलाइ आकर्षण गरिरहेको चर्चा गरे ।

“संस्कार र संस्कृति पुस्तान्तरण गर्नुपर्ने विषय हुन् । हरेकले यसमा ध्यान दिनुपर्छ । अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाइ ज्ञान सिकाउँदै जानुपर्छ”, उनले भने, “त्यसमा सरकारको पनि दायित्व जोडिएको छ । त्यसैले त प्रदेश सरकारले थारु संस्कृतिलाई जगेर्नाका लागि विभिन्न काम गरिरहेको छ । संस्कृति जोगाउँदै आयआर्जनमा जोड्ने हाम्रो योजना छ ।”

महोत्सवमा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पूर्वसांसद शान्ता चौधरी, घोराही उपमहानगरपालिका नगरप्रमुख नरुलाल चौधरीलगायतले शुभकामना दिएका थिए । महोत्सवमा सात दर्जनभन्दा बढी मघौटा नाच, छोक्रा, हुर्डुङया नाच, ढुम्री गीत प्रदर्शन गरिएका थिए ।

‘आर्थिक जागरण र सांस्कृतिक रूपान्तरण हमार अभियान, समाजिक न्याय सहितके समृद्धिम हमार योगदान’ भन्ने मूल नारासहित आयोजना गरिएको महोत्सव उद्घाटनअघि घोराहीका मुख्य बजार क्षेत्रमा थारू मौलिक वेशभूषासहित झाँकीसहित बजार परिक्रमा गरिएको थियोे ।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ८ : २० बजे

बालेन प्रधानमन्त्री भएदेखि उक्सिनै सकेन पुँजी बजार

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ले सरकारको नेतृत्व गरेपछि औसत रूपमा ओरालो

ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति समुदायको महत्त्वपूर्ण योगदान : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालका परिवर्तनकारी ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति

सरकारको अधिकार खोस्दै सिरहाका व्यापारीले आफूखुसी बढाए ग्यासको मूल्य, प्रशासन हेरेको हेर्‍यै

सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण गर्छ । नियामक

साउदीको लाल सागर तटस्थित रिफाइनरीमा आक्रमण गरेको हुथीको दाबी

साना- साउदी अरबको लालसागर तटस्थित जिजानमा रहेको तेल प्रशोधन केन्द्रमा

लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै

जनकपुरधाम– हुलाकी सडकअन्तर्गत जनकपुर-भिठ्ठामोड जोड्ने सडकमा पर्ने महोत्तरीको महोत्तरी गाउँपालिका-१ पर्सास्थित