सिरहामा स्कार्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु « Khabarhub

सिरहामा स्कार्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सिरहा – पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत सिरहाको बरियारपट्टि गाउँपालिका–१ नरगी खण्डमा आज भएको मोटरसाइकल र स्कार्पियो एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

बाक्लो कुहिरोका कारण पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ६ प ८६१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा प्रदेश ०१–०७२ ब ००८२ नंको स्कार्पियो आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा नरगी गाउँका करिब २३ वर्षीय मोटरसाइकल चालक मो नदिम अन्सारी गम्भीर घाइते भएकामा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकलमा सवार करिब २२ वर्षीय सैतुल्ला मियाँसहित दुवै जनालाई तत्काल उद्धार गरी सदरमुकाम सिरहास्थित सहजा अस्पतालका लागि लगिएको थियो ।

उपचारका क्रममा अन्सारीको केही समयपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए । मियाँको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार दुर्घटनापछि स्कार्पियो सडकबाट तल पल्टिएको थियो भने मोटरसाइकल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ८ : ५१ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले