अछाममा विद्यालय परिसरबाटै १३ वर्षीया अपहृत, चार दिनदेखि अवस्था अज्ञात « Khabarhub

अछाममा विद्यालय परिसरबाटै १३ वर्षीया अपहृत, चार दिनदेखि अवस्था अज्ञात


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

अछाम- अछाममा एउटा विद्यालय परिसरबाटै किशोरी अपहरणमा परेकी छन्। जिल्लाकव बान्नीगढी जयगढ गाउँपालिकास्थित जयगढको सरस्वती माध्यमिक विद्यालय परिसरबाट कक्षा ७ मा अध्ययनरत १३ वर्षीया किशोरी अपहरणमा परेकी हुन्।

विद्यालयबाट घर फर्किन लागेकी उनलाई गत बिहीबार रामारोशन गाउँपालिका वडा नम्बर ७ निवासी ३५ वर्षीय सन्तोष ऐडी र उनकी पत्नी झरना साउँदले घर पुर्‍याइदिने भन्दै मोटरसाइकलमा हालेर लगेको खुलेको छ।

मोटरसाइकलमा चढाउने क्रममा किशोरीले रोइकराइ गरेर किशोरीले सहयोग पनि मागेकी थिइन् । घटनाबारे जयगढ प्रहरी चौकीलाई खबर गरिएको थियो । तर खोजीमा चासो नदिएको पीडित परिवारले जनाएको छ ।

बिहीबार साँझ नै प्रहरीलाई जानकारी गराए पनि किशोरीको अवस्था अज्ञात छ। घटनामा संलग्न रहेको आरोपमा सन्तोषकी पत्नी झरना साउँदलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ओमप्रकाश खनालले अपहरणकारीको पहिचान भइसकेकाले खोजी भइरहेको जानकारी दिएका छन्। झरना प्रहरी नियन्त्रणमा आए पनि सन्तोष र किशोरी भेटिएका छैनन् ।

घटनापछि किशोरीका परिवार तनावमा छन् । विद्यालयबाटै किशोरी गायब भएपछि स्नीयवासी त्रसित छन्। प्रहरीले पनि सूचना पाउनेबित्तिकै खोजी नगरिदिएको गुनासो परिवारजनले गरेको छ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  १ : २२ बजे

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले