अमेरिकी कदमबारे चीनको कडा प्रतिक्रिया, भन्यो : मादुरोलाई तुरुन्त रिहा गरियोस् « Khabarhub

अमेरिकी कदमबारे चीनको कडा प्रतिक्रिया, भन्यो : मादुरोलाई तुरुन्त रिहा गरियोस्


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनले अमेरिकासँग भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई तुरुन्त रिहा गर्न माग गरेको छ। दुवैजना अहिले अमेरिकी हिरासतमा छन्।

अमेरिकी सेनाले उनीहरूलाई भेनेजुएलाको राजधानी कराकासबाट कब्जा गरी अमेरिका लगेको बताइएको छ।

चिनियाँ विदेश मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपति जस्तो पदमा रहेका व्यक्तिलाई यसरी आफ्नै देशबाट उठाएर लैजानु गलत भएको जनाएको छ।

यस विषयको समाधान संवादमार्फत हुनुपर्ने चीनको भनाइ छ। यसअघि पनि चीनले अमेरिकी कारबाहीप्रति कडा प्रतिक्रिया जनाइसकेको छ।

न्यूयोर्क सिटीका मेयर जोहरान ममदानीले पनि राष्ट्रपति मादुरोको गिरफ्तारीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले यसलाई ‘युद्धको कार्य’ भन्दै अन्तर्राष्ट्रिय र अमेरिकी कानुन दुवैको उल्लङ्घन भएको बताए।

अमेरिकी सैनिकहरूले २ जनवरीको रात भेनेजुएलामाथि आक्रमण गरी राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई कब्जामा लिएका थिए।

त्यसपछि उनीहरूलाई न्यूयोर्क ल्याई डिटेन्सन सेन्टरमा राखिएको छ। उनीहरूमाथि हतियार र लागूऔषधसँग सम्बन्धित मुद्दामा मुद्दा चलाइने बताइएको छ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  १ : ३० बजे

रुखमा अड्किएको बम जसले सम्झाउँछ माओकालीन चिनियाँ क्रान्ति 

चियाङ्सी– विश्वकै धेरै सदस्य भएको चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार १०५

बाँकेमा रासायनिक मल वितरण

नेपालगन्ज– जिल्लाका आठै स्थानीय तहमा कोटा प्रणाली अनुरूप रासायनिक मल

स्वचालित प्रणाली अनुरुप सार्वजनिक यातायातको भाडा समायोजन गर्न महासंघको माग

काठमाडौं– सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको स्वागत गर्दै नेपाल यातायात

रास्वपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय

चीनमा कडा लगानी सुरक्षा नियम लागू

बेइजिङ– अमेरिका–चीनबीच प्रविधि क्षेत्रमा बढ्दो प्रतिस्पर्धाका बीच चीनले बुधबारदेखि विदेशी