ट्रम्पको पहिलो कार्यकालमै बनेको थियो मादुरो हटाउने योजना « Khabarhub

ट्रम्पको पहिलो कार्यकालमै बनेको थियो मादुरो हटाउने योजना


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमै भेनेजुएलका राष्ट्रपति निकोलस मादुरोलाई हटाउने योजना बनेको खुलेको छ।

अमेरिकाका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले ट्रम्पको पहिलो कार्यकालमै मादुरोलाई हटाउने योजना बनेको खुलासा गरेका हुन् ।

तर त्यसबेला कार्यान्वयन हुन नसकेको योजनालाई यस पटक ट्रम्पकै जोडबलमा सफल पारिएको उनले बताएका छन्।

बोल्टनका अनुसार ट्रम्पले त्यसबेलादेखि नै भेनेजुएलाको तेलप्रति निकै चासो राखिरहेका थिए। उनको टोलीले मादुरोलाई हटाउने विचारमा ट्रम्पलाई राजी त गरायो, तर लामो समयसम्म त्यसमा ध्यान केन्द्रित गराइराख्न सकेन।

त्यसबेला भेनेजुएलाको विपक्षी पक्षले आर्थिक दबाबमार्फत् मात्रै मादुरो सरकार कमजोर बनाउन सकिने विश्वास राखेको पनि उनले बताए।

बोल्टनका अनुसार ट्रम्पको दोस्रो कार्यकालमा विदेशमन्त्री तथा कार्यवाहक राष्ट्रिय सुरक्षा सल्लाहकार मार्को रुबियोले ट्रम्पलाई यसबारे ठोस कारबाहीका लागि मनाउन सफल भए।

भेनेजुएलामाथिको आक्रमण इराकभन्दा फरक : अमेरिकी रक्षामन्त्री

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले भेनेजुएलामाथिको आक्रमण इराकमाथिको आक्रमणभन्दा बिल्कुल फरक भएको बताएका छन्।

सीबीएस न्युजसँग कुरा गर्दै उनले भने, ‘अमेरिकाले इराकमा दशकौँ समय, पैसा र रगत खर्च गर्‍यो, तर बदलामा केही पाएन। यसपटक ट्रम्पले कथा उल्ट्याएका छन्।’

उनका अनुसार भेनेजुएलामाथिको कारबाहीपछि अमेरिकालाई त्यहाँका स्रोतहरूमा पहुँच मिल्नेछ। यसले अमेरिकी सैनिकको रगत नबगाई संशाधन प्रयोग गर्न मद्दत गर्ने उनको दाबी छ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  २ : ४१ बजे

प्रहरीप्रति नागरिकको विश्वास छ, शान्तिपूर्ण निर्वाचन गराउँछौँ : प्रहरी प्रवक्ता काफ्ले

नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित

सञ्चारमन्त्री खरेलले भने- म आजको दिनसम्म कुनै पार्टीमा आबद्ध छैन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आजको दिनसम्म आफू

सन् २०२५ मा लिबियाबाट ३७ हजारभन्दा बढी आप्रवासीलाई स्वेच्छिक निर्वासन

एजेन्सी– लिबियाको अवैध आप्रवासन विरोधी एजेन्सीले अनियमित आप्रवासन प्रवाहको सामना

स्काभेटर र टिपरको बीचमा च्यापिएर एक जनाको मृत्यु

तनहुँ– जिल्लाको ऋषिङ गाउँपालिका-१ ड्यामसाइडस्थित कालिका कन्ट्रक्सनमा काम गर्ने एक

भेनेजुएलाबाट ३–५ करोड ब्यारेल कच्चा तेल ल्याइने ट्रम्पको घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भेनेजुएलाले संयुक्त राज्य अमेरिकालाई