भेनेजुएलामा विकसित घटनाक्रमबारे भारतले के भन्यो ? « Khabarhub

भेनेजुएलामा विकसित घटनाक्रमबारे भारतले के भन्यो ?


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भेनेजुएलामा विकसित पछिल्लो घटनाक्रमप्रति भारतले गहिरो चिन्ता व्यक्त गरेको छ । भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भेनेजुएलामा विकसित घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गरेको हो ।

मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले जारी गरेको विज्ञप्तिमा घटनाक्रमलाई भारतले सूक्ष्म हिसाबले निगरानी गरिरहेको उल्लेख छ । ‘भेनेजुएलामा विकसित पछिल्लो घटनाक्रम गहिरो चिन्ताको विषय हो । हामी अवस्थालाई सूक्ष्म निगरानी गरिरहेका छौँ ।’ विज्ञप्तिमा भनिएको छ ।

भारतले घटनामा संलग्न दुबै पक्षलाई कूटनीति र वार्ताका माध्यमबाट समस्याको समाधान निकाल्न पनि आग्रह गरेको छ ।

भेनेजुएलाका जनताको सुरक्षा र समृद्धिको समर्थनमा आफूहरु रहेको भन्दै भारतले क्षेत्रीय शान्ति र सुरक्षाको प्रत्याभूति गर्न पनि आह्वान गरेको छ ।

नेजुएलामा रहेका भारतीय समुदायसँग त्यहाँस्थित राजदूतावास सम्पर्कमा रहेको भन्दै विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा आवश्यक पर्ने सबै सहयोग गर्न तत्पर रहेको उल्लेख गरिएको छ । मन्त्रालयले अत्यावश्यकबाहेक कुनै पनि अवस्थामा भेनेजुएलाको भ्रमण नगर्न आह्वान गरेको छ ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  २ : ५३ बजे

भोट फिर्ताबारे गृहमन्त्रीको जवाफ : आफ्नो क्षेत्रका मतदातासँग ‘जोक’ गरेको थिएँ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हालै गृहजिल्ला गोरखामा ‘भोट फिर्ता लैजानुस्’ भनेर

खाडी मुलुकलाई इरानको चेतावनी 

तेहरान- इरानले अमेरिकी सेनालाई सहयोग गर्ने वा आफ्नो भूभाग सैन्य गतिविधिका

तीन वर्षीया नाबालिकाको बलात्कारपछि हत्या, १६ वर्षीय किशोरले चकलेट दिएर फकाउँदै लगेका थिए

सिमरा- बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया नाबालिकाको जबरजस्ती करणीपछि

कन्सर्टका लागि भारतीय गायक नवजोत काठमाडौंमा

काठमाडौं – चर्चित भारतीय गायक नवजोत आहुजा कन्सर्टका लागि काठमाडौं

रास्वपा बैठकमा उठ्यो प्रश्न- ग्यासको आपूर्ति बढाउँदा पनि किन अभाव देखियो ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीं(रास्वपा)का सांसदहरुले वैशाख महिनामा बजारमा करिब २२ लाख