विजय देवरकोन्डाको ‘किङ्गडम २’ निर्माण नहुने  « Khabarhub

विजय देवरकोन्डाको ‘किङ्गडम २’ निर्माण नहुने 


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार विजय देवरकोन्डाको बहुप्रतिक्षित फिल्म ‘किङ्गडम २’ को निर्माण नहुने भएको छ। सन् २०२५ मा रिलिज भएको एक्सन–थ्रिलर फिल्म ‘किङ्गडम’ बक्स अफिसमा फ्लप भएपछि  निर्माता नागा वामसीले सिक्वेल बनाउने योजना स्थगित गरेका हुन्।

मूल फिल्म ‘किङ्गडम’ भने गौतम तिन्नानुरीको निर्देशनमा बनेको थियो । भारतीय मिडिया अनुसार फिल्मका निर्माता वामसीले फिल्म असफल भएपछि निर्देशकलाई चोट नपुग्ने गरी अब नयाँ प्रोजेक्टमा ध्यान दिन उपयुक्त हुने बताएका छन्। तर, गौतम तिन्नानुरीसँग अर्को विधाको नयाँ फिल्ममा सहकार्य गर्ने योजना भने अघि बढाइएको छ।

फिल्म रद्दको खबरले फ्यानहरूमा निराशा छाएको छ। तर विजय अहिले व्यक्तिगत जीवनका कारण पनि चर्चामा छन्। उनी लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी अभिनेत्री रश्मिका मन्दानासँग फेब्रुअरी २६ मा विवाह बन्धनमा बाँधिने तयारीमा छन्। 

राजस्थानको उदयपुरमा हुने यो निजी समारोहमा परिवार र नजिकका साथीहरू मात्र उपस्थित हुने जनाएका छन्।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ४ : ३८ बजे

ड्रोन आक्रमण बढेको कारण युक्रेनी विश्वविद्यालयद्वारा अनलाइन कक्षा जारी गर्न निर्देशन

कीएभ- रूसले दिनको समयमा पनि आक्रमण गरेको भन्दै युक्रेनको प्रमुख

टी–२० सिरिजमा गण्डकीको विजयी सुरुवात

काठमाडौं– नेपाल भ्रमणमा आएको भुटानको राष्ट्रिय क्रिकेट टिम, गण्डकी प्रादेशिक

असोज ८ देखि हालसम्म विपद्का घटनामा ३५ जनाको मृत्यु

काठमाडौं– अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा

जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी