माया ग्रुपद्वारा ९ नेपाली क्रिकेट खेलाडीसँग दुई वर्षे प्रायोजन सम्झौता « Khabarhub

माया ग्रुपद्वारा ९ नेपाली क्रिकेट खेलाडीसँग दुई वर्षे प्रायोजन सम्झौता


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माया ग्रुपले नेपाली क्रिकेटलाई थप मजबुत बनाउने उद्देश्यसहित नौ जना नेपाली क्रिकेट खेलाडीसँग प्रायोजन सम्झौता गरेको छ।

आइतबार आयोजित कार्यक्रममा माया ग्रुपले राष्ट्रिय टोलीका स्थापित तथा उदीयमान खेलाडीलाई आर्थिक र व्यावसायिक सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएको हो। सम्झौता दुई वर्षका लागि गरिएको बताइएको छ।

प्रायोजन सम्झौतामा नेपाली राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी, भीम सार्की, गुलशन झा, नन्दन यादव, अर्जुन साउद, रिजन ढकाल, यू–१६ क्रिकेट खेलेका प्रसिद्ध जैसी, सुशील रावल तथा नेपाली यू–१९ महिला टोलीकी उपकप्तान सोनी पाख्रिन समावेश छन्।

माया ग्रुपले यस सहकार्यले खेलाडीहरूको क्षमता विकासमा सहयोग पुग्ने र नेपाली क्रिकेटको भविष्य थप उज्यालो हुने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ५ : ०० बजे

ड्रोन आक्रमण बढेको कारण युक्रेनी विश्वविद्यालयद्वारा अनलाइन कक्षा जारी गर्न निर्देशन

कीएभ- रूसले दिनको समयमा पनि आक्रमण गरेको भन्दै युक्रेनको प्रमुख

टी–२० सिरिजमा गण्डकीको विजयी सुरुवात

काठमाडौं– नेपाल भ्रमणमा आएको भुटानको राष्ट्रिय क्रिकेट टिम, गण्डकी प्रादेशिक

असोज ८ देखि हालसम्म विपद्का घटनामा ३५ जनाको मृत्यु

काठमाडौं– अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा

जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी