मधेस प्रदेश शिक्षाको क्षेत्रमा पछि परेकामा मन्त्री पुन चिन्तित « Khabarhub

मधेस प्रदेश शिक्षाको क्षेत्रमा पछि परेकामा मन्त्री पुन चिन्तित


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुनले मधेस प्रदेश शिक्षाको क्षेत्रमा पछि परेकामा चिन्ता व्यक्त गरेका छन् । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजना तथा मधेस प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयको समन्वयमा आज यहाँ आयोजित साक्षरता प्रदेश घोषणा अभियान तयारी सम्बन्धी कार्यक्रमको उद्‌घाटन गर्दै मन्त्री पुनले मधेस प्रदेश विगतमा शिक्षाको क्षेत्रमा अगाडि भए पनि वर्तमान अवस्थामा कमजोर हुनु दुःखको विषय भएको उल्लेख गरे।

मधेस प्रदेश आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा अगाडि भए पनि शिक्षाको क्षेत्रमा कसरी तथा किन पछि परेको हो त्यो अध्ययनको विषय भएको उल्लेख गर्दै मन्त्री पुनले शिक्षा क्षेत्रको दिगो तथा प्रभावकारी विकासका लागि तीनै तहका सरकारले योजनाबद्ध तरिकाले कार्य गर्नुपर्नेमा जोड दिए। 

‘अहिले प्रविधिको जमाना छ, साक्षर पनि नहुनु ठूलो विडम्वनाको विषय भएको छ’, मन्त्री पुनले भने। 
 
सो अवसरमा मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले मधेस प्रदेशको शिक्षाको अवस्था सवै प्रदेशभन्दा कमजोर  भएको उल्लेख गर्दै  प्रदेश  सरकार शिक्षा क्षेत्रको विकासका लागि  योजनावद्धरुपमा अगाडि बढेको छ भने। 

शिक्षा क्षेत्रको दिगो  विकासका लागि सरकारी तथा गैरसकारी क्षेत्र हातेमालो गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए।

मधेस प्रदेशसभा सदस्य अञ्जना पण्डितले  मधेसको शिक्षाको समस्या समाधान गर्न तीनै तहका सरकारले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ७ : २९ बजे

प्रहरी बचाउने शिबराम र गीताकुमारीलाई पुरस्कृत गर्न आयोगले गर्‍यो सिफारिस

काठमाडौं– जेन-जी आन्दोलनसम्बन्धी अध्ययन गर्न बनेको उच्चस्तरीय आयोगले आन्दोलनको क्रममा

घाइतेको उपचारमा खटिएकी कार्कीको बयान : प्रहरीले संयमता अपनाएन

काठमाडौं–  तत्कालीन सांसद डा. तोसीमा कार्कीले जेन–जी आन्दोलनका क्रममा प्रहरीले संयमता नअपनाउँदा