एमाले उपाध्यक्ष पौडेल रुपन्देही–२ बाट उम्मेदवार सिफारिस « Khabarhub

एमाले उपाध्यक्ष पौडेल रुपन्देही–२ बाट उम्मेदवार सिफारिस


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई रूपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस गरिएको छ । नेकपा (एमाले) को आज सम्पन्न क्षेत्रीय भेलाले उपाध्यक्ष पौडेलको एकल नाम सिफारिस गरेको हो । 

यस्तै क्षेत्र नं ३ बाट समेत उपाध्यक्ष पौडेललाई पहिलो नम्बरमा उम्मेदवारका लागि सिफारिस गरिएको पार्टीको जिल्ला सहसचिव बाबुराम पन्थीले जानकारी दिए । 

रुपन्देही–३ बाट एमालेले उपाध्यक्ष पौडेलसँगै प्रदेश कमिटी सदस्य सिद्धार्थनगर नगरपालिकाका पूर्वप्रमुख हरि अधिकारी, रूपन्देही क्षेत्र नं ५ बाट निर्वाचित पूर्वसांसद वासु घिमिरे, अयोध्या थारू, हितराज पन्थी, नरबहादुर घर्ती, विश्वराज बराल, राजेन्द्र पन्थी, पम्फावती खनाल, सीता काफ्ले र लक्ष्मी केसीको नाम सिफारिस गरेको पन्थीले जानकारी दिए ।

रुपन्देही क्षेत्र नं १ क्षेत्रीय समन्वय कमिटीको बैठकबाट पार्टी केन्द्रीय कमिटी सचिव  छविलाल विश्वकर्मा, दधिराम न्यौपाने र डा कृष्ण न्यौपानेको नाम सिफारिस गरिएको छ । 

यस्तै रुपन्देही क्षेत्र नं ५ बाट राष्ट्रियसभाका पूर्व सांसद खिमलाल भट्टराईको नाम एकलरूपमा सिफारिस गरिएको छ । क्षेत्र नं ४ मा भने सोमबार क्षेत्रीय कमिटीको बैठक बसेर उम्मेदवारको नाम सिफारिस गरिने पन्थीले जानकारी दिए ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ७ : ३७ बजे

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा

गृहमन्त्री सुदन गुरुङलाई नमागेको सल्लाह

नेपालको राजनीतिमा अहिले एउटा नयाँ पुस्ताको आशा र अपेक्षा जोडिएको

दास व्यापार तथा उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस

नख्खु कारागारमा निःशुल्क आँखा शिविर, कैदीबन्दी लाभान्वित

काठमाडौँ– नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार र कुपण्डोलस्थित गुरुद्वारा

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा १२ कोठा थप

बागलुङ– कक्षाकोठा अभाव झेल्दै आएको बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङस्थित सरस्वती