रास्वपाको केन्द्रीय समितिमा थपिए बालेनसहित २६ जना नयाँ सदस्य « Khabarhub

रास्वपाको केन्द्रीय समितिमा थपिए बालेनसहित २६ जना नयाँ सदस्य


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँगै २६ जना केन्द्रीय सदस्य राष्ट्रिय स्वतन्त्र पार्टीमा थपिएका छन्। आज बसेको केन्द्रीय समिति बैठकले यो निर्णयलाई अनुमोदन गरेपछि नेताहरूले आइतबार साँझ नै शपथ खाएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको जानकारी अनुसार बालेनसँगै उनका सचिवालय सदस्य भूपदेव शाह, सस्मित पोखरेल , अभियन्ता खगेन्द्र सुनार,सागर ढकालहरु केन्द्रीय सदस्य बनेका छन् ।

यस्तै जेनजी प्रदीप ज्ञवाली, केपी खनाल, लक्ष्मण थारु रमेश पौडेल, गणेश पौडेल, सन्तोष गिरी, डाक्टर नमिता यादव, सरिता ज्ञवाली, सुशान्त वैद्य, लक्ष्मी बर्देवा, रोहन कार्की, शिव यादव, खेमराज साउद, प्रदीप पाण्डे, आदित्य आचार्य, ओजस्वी थापा, मधुसुन्दर ढकाल, जेम्स कार्की, राजकुमार ढुङ्गाना, अनन्तराज घिमिरे, रोहन कार्की र शिव यादव पनि रास्वपाको केन्द्रीय सदस्य बनेका छन् ।

स्रोतले दिएको जानकारी अनुसार आज बसेको केन्द्रीय समिति बैठकले बालेन पक्षका नेताहरूलाई मात्र केन्द्रीय समितिमा अनुमोदन गरेको हो। ती नेताका अनुसार कुलमान घिसिङ पक्षसँग भोलि या पर्सि वार्ता गरेर उनीहरु सहितका नेतालाई पनि केन्द्रीय समिति र पदाधिकारीमा समावेश गरिनेछ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ८ : ३३ बजे

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई

सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न समयमा तयार गरिएका तीन

सुनसरीमा बर्डफ्लु पुष्टि

सुनसरी – सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा

सर्वोच्च अदालतमा ४० प्रतिशत मुद्दा फर्छ्यौट

काठमाडौं– सर्वोच्च अदालतले गत आर्थिक वर्षमा १६ हजार ६३४ मुद्दा