परराष्ट्र मन्त्रालय भन्छ : ताइवान चीनको अविभाज्य अंग « Khabarhub

परराष्ट्र मन्त्रालय भन्छ : ताइवान चीनको अविभाज्य अंग


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्र मन्त्रालयले नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न भएको जनाएको छ ।

दुवै मुलुकले गत वर्ष सन् २०२५ मा कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विविध कार्यक्रमको आयोजना गरेर सफलतापूर्वक सम्पन्न गरेका हुन् ।

परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा दुई देशबीचको नजिकको पारस्परिक सम्बन्ध, शान्तिपूर्ण सह(अस्तित्वका पाँच सिद्धान्त, पुरानो मित्रता र आपसी संवेदनाप्रतिको सम्मानमा आधारित रहेको उल्लेख छ ।

नेपालले एक चीन सिद्धान्तको पूर्ण समर्थन गर्दै ताइवान चीनको अविभाज्य अंग भएको तथ्यलाई दोहोर्याएको छ । उता काठमाडौंस्थित चिनियाँ दूतावासले पनि पुस १२ गते राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गरेर कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न भएको जनाएको थियो ।

यसैबीच नेपाल चाइना मिडिया फोरमले साढे ३ सय पृष्ठमा समेटिएको दुई देशको सम्बन्धका विविध आयाम झल्कने पुस्तक प्रकाशन गरेको छ । दूतावासको सौजन्यमा नेपाली पर्यटन व्यवसायी र सन्चारकर्मीका लागि चिनियाँ भाषा तालिम पनि चलाइएको छ ।

दुई साताअघि मात्रै पनि चौथो नेपाल चाइना सञ्चार सम्मेलन सम्पन्न भएको छ । यसबीच हिमालय क्षेत्रको सांस्कृतिक तथा सिर्जनात्मक उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘विश्व अमूर्त सांस्कृतिक धरोहर’ प्रदर्शन र सिजाङ सांस्कृतिक सप्ताह मनाइएको छ ।

पछिलो एक वर्षभित्र त्यस अवसरमा विभिन्न सांस्कृतिक प्रदर्शनी,खेलकुद, कूटनीतिक स्वागत कार्यक्रम र अन्य सहभागितामूलक कार्यक्रमसमेत आयोजना गरिएको थियो ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  १० : २७ बजे

कांग्रेसको १५औँ महाधिवेशन असोजमा

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी असोजमा गर्ने निर्णय

नयाँ जनादेश आउँदासमेत दुबै संसद् भवन अलपत्र, सरकारले तिरेन सम्मेलन केन्द्रको भाडा 

परम्परागत चलन अनुसार बुधबार ज्येष्ठ प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले पद

अमेरिका–इरान वार्ताबारे फैलिएका अड्कलबाजीबीच इरानी राजदूतको स्पष्टिकरण

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिपछि अमेरिका र इरानबीच वार्ता