निर्वाचन ५९ दिन बाँकी : मुख्य र निर्वाचन अधिकृत माघ २ गतेदेखि क्षेत्रमा खटिने « Khabarhub

निर्वाचन ५९ दिन बाँकी : मुख्य र निर्वाचन अधिकृत माघ २ गतेदेखि क्षेत्रमा खटिने


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्वाचन आयोगले ३६ जना जिल्ला न्यायाधीशलाई जगेडामा रहने गरी मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका रुपमा तोकेको छ।

आयोगले आजै ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको थियो। आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकिएको छ। यही पुस २५ गतेदेखि लागू हुने गरी प्रतिनिधिसभा सदस्य ऐन, २०७४ को दफा ८ बमोजिम न्याय परिषद्को परामर्शमा ८८ जनालाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरिएको थियो।

आयोगका अनुसार यसरी नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई आगामी माघ २ गतेदेखि आफ्नो निर्वाचन क्षेत्रमा खटिन निर्देशन दिइएको छ।

मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनका कार्यक्रम सञ्चालन गर्न आयोगले आग्रह गरेको छ।

कूल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था छ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ५ : ५६ बजे

समता स्कुललाई कम्प्युटर हस्तान्तरण

भोजपुर– प्रविधिमैत्री शिक्षणलाई प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुर नगरपालिका–७ मा रहेको

पोखरा महानगरले किसानलाई गोबर मल खरिद र ढुवानीमा अनुदान दिने

गण्डकी– पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्रका किसानलाई गोबरको मल खरिद र

तत्कालीन ओली सरकारकै विरोधीलाई एमालेले बनायो राष्ट्रिय सभाको उम्मेदवार

काठमाडौं – नेकपा (एमाले)ले तत्कालीन केपी ओली नेतृत्वको सरकारकै विरोध

आमाको अनुस्थितिमा बावु–छोरी कथामा दयाहाङ स्टार ‘मिरमिरे’को ट्रेलर

काठमाडौं – नायक दयाहाङ राई, प्रकाश सपुत र नायिका सिर्जना

कांग्रेसले टुंगो लगायो राष्ट्रिय सभाका नौ उम्मेदवार : को-को परे ?  

काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रिय सभाका नौ उम्मेदवारको नाम टुंगो