रास्वपाले आज बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दै « Khabarhub

रास्वपाले आज बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दै


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (सोमबार) बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दैछ । पार्टीका प्रवक्ता मनिष झाले घोषणा सभा दिउँसो १ बजे राष्ट्रियसभागृहमा हुने जानकारी दिए ।

यही पुस १३ र १४ गते रास्वपाले काठमाडौंका मेयर बालेन शाह र कुलमान घिसिङको उज्यालो नेपाल पार्टीसँग एकताको सहमति गरेको थियो ।

यस्तै, घोषणा सभामार्फत रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीका नेताकार्यकर्ता पनि रास्वपामा समाहित हुने भएका छन् ।

रञ्जिता नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा गएपछि असन्तुष्ट बनेका नेताकार्यकर्ता रास्वपामा प्रवेश गर्न लागेका हुन् ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ९ : ५७ बजे

आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारको सूची सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ

काठमाडौं– चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित

कुलमान र बब्लु निर्वाचन लड्न तम्तयार, अन्योलमा जगदीश र ओमप्रकाश

काठमाडौं– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिमा सक्रिय मन्त्रीहरूको राजीनामा