किसान र उपभोक्तालाई जोड्दै हेलम्बुको स्थानीयबजार « Khabarhub

किसान र उपभोक्तालाई जोड्दै हेलम्बुको स्थानीयबजार


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

चौतारा– सिन्धुपाल्चोकको हेलम्बु  गाउँपालिका–३ स्थित  पाल्चोक मन्दिरमा सुरुआत गरिएको स्थानीय बजारले स्थानीय किसान र उपभोक्तालाई प्रत्यक्ष रूपमा जोड्ने काम गरेको छ । 

स्थानीय उत्पादनको संरक्षण, प्रवर्द्धन र बजारीकरण  भन्ने मूल नाराकासाथ पाल्चोकी माई मन्दिर दर्शन गर्न आउने भक्तजनलाई लक्षित गर्दै हेलम्बु गाउँपालिका र मन्दिर व्यवस्थापन समितिको समन्वयमा शनिबारदेखि स्थानीय बजारको सुरु गरिएको हो ।

स्थानीयस्तरमा उत्पादन भएका शुद्ध अर्ग्यानिक कृषि उपज बिचौलियाबिना नै प्रत्यक्षरूपमा हाटबजारमा बिक्री गर्न पाउँदा किसान निकै खुसी देखिएको हाटबजार व्यवस्थापन समिति संयोजक गोपाल गिरी बताए ।

उनले हाटबजारमा किसानले काउली, मुला, साग, सुन्तला, किबी, फर्सी, लप्सी, सिस्नु, सिमी, सिलाम, कागती, गहत, मकै, जौ, फापरको पिठो, प्याजको बिरुवा, हरियो सिमी, चिया, एभोकाडो, स्कुस, सिन्की अमला, खोलेसागलगायत विभिन्न कृषि उपज राख्ने गरेको  जानकारी दिए ।  

यो हाटबजारलाई निरन्तर सञ्चालन गर्ने योजना रहेको हेलम्बु गाउँपालिकाको अध्यक्ष निमाग्याल्जेन शेर्पा बताए ।  यसबाट पाल्चोक तथा आसपासका किसानलाई प्रत्यक्ष फाइदा पुग्ने विश्वास उनको छ । 

 हेलम्बु गाउँपालिकाकै पहिलो स्थानीयबजारका रूपमा सुरु भएको यो बजार हरेक शनिबार बिहान ८ बजेदेखि दिउँसो २  बजेसम्म सञ्चालन हुनेछ । सुरुआती चरणमै किसानको उत्साहजनक सहभागिता देखिनु यस हाटबजारको सकारात्मक सङ्केत मानिएको शेर्पाले जानकारी दिए । 

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ११ : १५ बजे

प्रदीप पौडेलले भने- सरकारले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्छ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तत्काल भदौ २३ र

दोस्रो विश्वयुद्धपछि सबैभन्दा हिंसात्मक चरणमा विश्व : संयुक्त राष्ट्र

एजेन्सी– विश्व अहिले दोस्रो विश्वयुद्धपछि कै सबैभन्दा हिंसात्मक चरणबाट गुज्रिरहेको

निर्वाचन लोकतन्त्रको मेरुदण्ड : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले जनप्रतिनिधिको

ट्रम्पको दाबी- इरान अमेरिकासँग सम्झौता गर्न तयार छ

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा महत्त्वपूर्ण प्रस्ताव आएको