कर्णालीमा दश लाख ३७ हजार मतदाता कायम « Khabarhub

कर्णालीमा दश लाख ३७ हजार मतदाता कायम


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कर्णाली– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कर्णाली प्रदेशबाट दश लाख ३७ हजार मतदाताले भाग लिने भएका छन् ।

कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाइँका अनुसार आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुनेसहितलाई जोडेर कूल मतदाता सङ्ख्या दश लाख ३७ हजार २५० पुगेको हो ।

यसमा सबैभन्दा बढी मतदाता सङ्ख्या सुर्खेतमा दुई लाख ४८ हजार नौ सय ४३ छ भने सबैभन्दा कम डोल्पामा २४ हजार एक सय १५ मतदाता सङ्ख्या रहेको छ ।

त्यसैगरी, सल्यानमा एक लाख ६२ हजार चार सय ४९, दैलेखमा एक लाख ६१ हजार दुई सय चार, जाजरकोटमा एक लाख सात हजार ९१, रुकुमपश्चिममा एक लाख छ हजार छ सय ६०, कालीकोटमा ८४ हजार छ सय ४६, जुम्लामा ७१ हजार सात सय ३९, मुगुको ३६ हजार ३१ र हुम्लाको ३४ हजार तीन सय ७२ मतदाता सङ्ख्या रहेको छ ।

त्यस्तै, १० जिल्लाको लागि नौ सय ४१ मतदानस्थल र एक हजार एक ३७ मतदान केन्द्र रहेको सूचना अधिकारी चौलागाइँले जानकारी दिए ।

सुर्खेतमा एक सय ४०, दैलेखमा एक सय ३९, सल्यानमा एक सय १७, कालीकोटमा एक सय तीन, जाजरकोटमा ८८, जुम्लामा ८३, रुकुमपश्चिममा ७६, डोल्पामा ६८, मुगुमा ६७ र हुम्लामा ६० मतदान केन्द्र रहेको उनले बताए ।

त्यसैगरी, मतदान केन्द्र सल्यानमा तीन सय दुई, दैलेखमा दुई सय आठ, सल्यानमा दुई सय पाँच, जाजरकोटमा एक सय ४६, रुकुमपश्चिममा एक सय ४०, कालीकोटमा एक सय २७, जुम्लामा एक सय आठ, मुगुमा ६९ डोल्पामा ६८ र हुम्लामा ६४ रहेका छन् ।

सूचना अधिकारी चौलागाइँका अनुसार २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नौ लाख आठ हजार चार सय ३३ मतदाता रहेकोमा २०८२ मा एक लाख २८ हजार आठ सय १७ मतदाता थपिएर दश लाख ३७ हजार दुई सय ५० पुगेका छन् ।

यसमा पुरुष पाँच लाख २७ हजार आठ सय ८६ र महिला पाँच लाख नौ हजार तीन सय ६१ मतदाता रहेको कर्णाली प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । (रासस)

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ११ : १४ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान