जो ५४ वर्षमा आमा बनिन्… « Khabarhub

जो ५४ वर्षमा आमा बनिन्…


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिएण्डबी अस्पतालमा ५४ वर्षीया महिलाले स्वस्थ शिशुलाई जन्म दिएकी छन् । आइभिएफ प्रविधिमार्फत पहिलो प्रयासमै गर्भधारण गरेकी ती महिलाले सोमबार शल्यक्रियामार्फत शिशुलाई जन्म दिएको अस्पतालले जनाएको छ।

उच्च रक्तचाप र मधुमेहजस्ता स्वास्थ्य समस्या रहेकी महिलाको सफल प्रसूति चिकित्सकीय रूपमा चुनौतीपूर्ण मानिए पनि विशेषज्ञ चिकित्सकको टिमको सक्रियतामा आमा र शिशु दुवैको अवस्था सामान्य रहेको जनाइएको छ।

प्रसूति गराउने प्रमुख चिकित्सक डा.नुतन शर्माले बढ्दो उमेरमा पनि महिलालाई सन्तान सुख दिन सफल भएकोमा खुसी व्यक्त गरेकी छन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत खुसी साट्दै उनले आफ्नो सम्पूर्ण मेडिकल टिम र बिएण्डबी अस्पताललाई धन्यवाद ज्ञापन गरेकी छन् । 

चिकित्सकका अनुसार यो सफलताले आधुनिक प्रजनन प्रविधि र विशेषज्ञ सेवाको महत्वलाई थप पुष्टि गरेको छ ।

के हो आइभिएफ ?

केटी मान्छेमा महिनावारीको बिचको समयमा एउटा अण्डा बन्छ। त्यो अण्डा डिम्बासयबाट निस्किएर ट्युबमा जान्छ। त्यही बेला शारीरिक सम्पर्क हुँदा योनीबाट विर्य पनि पाठेघर हुँदै ट्युबमा पुग्छ। यसरी ट्युबमा बनेको भ्रुण पछि आएर पाठेघरमा बस्छ। यो प्राकृतिक ढंगले बच्चा बन्ने एउटा सामान्य प्रक्रिया हो।

बच्चा बन्ने प्राकृतिक क्रियामा दम्पत्ती असफल भए कृत्रिम तरिकाले प्रयोगशालामा बच्चाको विकास गरिन्छ । यसलाई नै आइभिएफ पद्धति भनिन्छ ।

यदि डिम्बाशयमा अण्डा नबनेर ट्युबमा पुग्दैन वा ट्युब बन्द भएर विर्य र अण्डाको संयोजन हुन नसक्ने पनि हुनसक्छ। पाठेघरमा बच्चा बन्ने प्रक्रिया पुरा भएन भने आइभिएफ विधिको प्रयोग गरिन्छ। बच्चा बन्ने प्राकृतिक प्रक्रियामा दम्पत्ती असफल भए पनि कृत्रिम तरिकाले प्रयोगशालामा बच्चाको विकास गरिन्छ। त्यसलाई नै हामी इनभिट्रो फर्टिलाइजेशन (आइभिएफ) पद्धति भन्छौं। सामान्य भाषामा टेष्ट्युब बेबी भनेर बुझ्न सकिन्छ। सुरूआती समयमा कृत्रिम तरिकाले गर्भाधान गराएर भ्रुणलाई ट्युबमा विकास गरिने भएकाले त्यसलाई टेस्टट्युब बेबी भनिएको हो।

महिलाको अण्डामा समस्या भएको, बन्ने प्रक्रिया नभएको, अन्य कुनै महिलाको अण्डा लिनुपर्ने भए वा पुरुषको विर्यमा कुनै खराबी देखियो भने अण्डा र विर्य झिकेर संयोजन गराइन्छ। यसरी लिइएको अण्डा र विर्य प्रयोगशालामा हुने उपकरण (इन्कुबेटर) मा तीनदेखि पाँच दिनसम्म राखिन्छ। त्यसपछि विकास भएको भ्रुणलाई महिलाको पाठेघरमा राख्ने प्रक्रिया नै आइभिएफ पद्धति हो।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  १२ : २७ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ ७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको