युक्रेनका सहयोगीहरू सुरक्षा ग्यारेन्टीको लागि छलफलमा « Khabarhub

युक्रेनका सहयोगीहरू सुरक्षा ग्यारेन्टीको लागि छलफलमा


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युक्रेनका प्रमुख सहयोगीहरूले मंगलबार पेरिसमा शीर्ष अमेरिकी दूतहरूसँग सुरक्षा ग्यारेन्टीहरू बारे छलफल गर्न भेला हुने बताइएको छ । उनीहरूले रूससँगको युद्ध अन्त्य गर्ने अमेरिकी योजनाहरूमा अगाडि बढिरहेको अवस्थामा छलफल हुन लागेको बताइएको छ । 
 
दोस्रो विश्वयुद्ध पछिको युरोपको सबैभन्दा घातक द्वन्द्व अन्त्य गर्ने कूटनीतिक प्रयासले पछिल्लो समयमा गति लिएको जनाइएको छ । युक्रेन समर्थकहरूको समूहको शिखर सम्मेलनलाई ‘कोएलिशन अफ द विलिङ’भनिन्छ जुन नयाँ वर्षका लागि योजना गरिएको  बैठक मध्ये पछिल्लो हो ।

 छलफलका लागि २७ राष्ट्र प्रमुखहरू सहित ३५ देशका प्रतिनिधिहरू पेरिसमा भेला हुने उल्लेख गर्दै फ्रान्सेली राष्ट्रपति म्याक्रोनले युक्रेनको सुरक्षा ग्यारेन्टीमा वासिङ्टन, किएभ र युरोपेली सहयोगीहरू सयुक्त प्रयास गर्ने उद्देश्य रहेको बताएका छन् ।

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफ लगायत फ्रान्स र बेलायतले गठबन्धनको बैठकमा भाग लिने जनाइएको छ ।  

फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनका सल्लाहकारले ‘संयुक्त राज्य अमेरिकाले युक्रेनलाई त्याग्नबाट’ रोक्नका लागि डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा आइपुगेपछि सुरु गरिएका प्रयास स्वरुप नयाँ बैठक भएको बताएका छन् । 

युक्रेन, युरोप र अमेरिकाबिचको पुनः संयोजनको यस अभ्यासमा सफल भएको उनले सोमबार पत्रकारहरूलाई बताएका छन् । 

कूटनीतिक स्रोतका अनुसार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, बेलायती प्रधानमन्त्री कीर स्टारमर, जर्मन चान्सलर फ्रेडरिक मेर्ज, इटालीका जर्जिया मेलोनी र क्यानडाका मार्क कार्नी पनि सहभागी हुने अपेक्षा गरिएको छ ।

उनीहरूले विशेष गरी युक्रेन र  रूस बिच युद्धविराम कस्तो देखिन्छ भन्ने साझा दृष्टिकोण र उल्लङ्घनको अवस्थाको प्रतिक्रियामा प्रतिबद्ध हुन तयार रहेको जनाएका छन् ।

उनीहरूले सम्भावित राजनीतिक सम्झौताको एक हिस्साको रूपमा युक्रेनलाई आश्वासन दिन बहुराष्ट्रिय बल तैनाथ गर्ने बारेमा पनि छलफल गर्ने फ्रान्सेली राष्ट्रपति म्याक्रोनले बताएका छन् ।
 
 छलफलको आधार तयार गर्न, बेलायत, फ्रान्स र जर्मनी लगायत १५ देशका सुरक्षा सल्लाहकारहरू साथै नेटो र युरोपेली सङ्घका प्रतिनिधिहरू यस अघि भर्चुअल रूपमा सहभागी भएका थिए । 

पछिल्लो समयमा सम्झौता “९० प्रतिशत“ तयार रहेको किएभले बताएको छ । यद्यपि मस्को र किभ दुवै युद्ध पछिको सम्झौताका प्रमुख मुद्दामा मतभेदमा छन् ।

युक्रेनको करिब २० प्रतिशत ओगटेको रूसले सम्झौताको एक हिस्साका रूपमा देशको पूर्वी डोनबास क्षेत्रमा पूर्ण नियन्त्रणको लागि दबाब दिइरहेको छ । तर किएभले मस्कोलाई चेतावनी दिदै फेरि आक्रमण गर्नबाट रोक्ने र असफल हुने शान्ति सम्झौतामा हस्ताक्षर नगर्ने बताएको छ ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  १२ : ४७ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर