कुलमानको गुनासो : केही नेता र पत्रकार बिजुली सस्तोमा बेच्यो, महँगोमा किन्यो भन्दै हिँडे « Khabarhub

कुलमानको गुनासो : केही नेता र पत्रकार बिजुली सस्तोमा बेच्यो, महँगोमा किन्यो भन्दै हिँडे


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सौर्य ऊर्जालाई प्राथमिकता दिएर नयाँ मापदण्ड र कार्यविधि तयार गरेको बताएका छन् । 

मंगलबार काठमाडौंमा नेपाल सौर्य विद्युत उत्पादक संघको २५ औँ साधारणसभा उद्घाटन गर्दै मन्त्री घिसिङले सिँचाइका नहरहरूमा पनि सौर्य ऊर्जा राख्न सकिने गरी नयाँ मापदण्ड र कार्यविधि तयार गरेको र स्वीकृतिको चरणमा रहेको बताएका हुन् । 

मन्त्रीपरिषद्बाट स्वीकृत भइसकेपछि निजी क्षेत्रलाई सहभागी गराएर सिँचाइका नहरहरूमा सौर्य विद्युत् उत्पादन गर्ने गरेर प्रक्रिया अगाडी बढाउने उनले बताए । 

त्यस्तै मन्त्री घिसिङले भारतसँग भएको विद्युत् खरिद सम्झौताका बारेमा भएका टीकाटिप्पणीप्रति असन्तुष्टि जनाए । विद्युत् ट्रेडिङलाई नबुझ्ने तर आफूहरूलाई विज्ञ सम्झने केही नेता र पत्रकारहरूले विद्युत् सस्तोमा बेच्यो, महँगोमा किन्यो भन्दै आरोप लगाउने गरेको उनले बताए । 

विद्युत् खरिदका विषयमा गलत तवरले चर्चा चल्ने गरेको उल्लेख गर्दै घिसिङले यसले नेपालको विद्युत् व्यापारलाई सपोर्ट नगर्ने बताए ।  

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ४ : १६ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली