कोशी सरकारका सबै मन्त्री फेरिए, कांग्रेस-एमालेले दिए नयाँलाई अवसर « Khabarhub

कोशी सरकारका सबै मन्त्री फेरिए, कांग्रेस-एमालेले दिए नयाँलाई अवसर


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशमा सबै मन्त्री फेरिएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मंगलबार मन्त्रिपरिषद् विस्तार तथा हेरफेर गरेका हुन् ।

सत्ता साझेदार नेकपा (एमाले) र नेपाली कांग्रेसबीच मन्त्री फेरबदल गर्ने सहमति जुटेपछि मंगलबार अपरान्ह नयाँ मन्त्रीहरूको शपथ ग्रहण गराइँदैछ ।

नयाँ जिम्मेवारीस्वरुप कांग्रेसले ओखलढुंगाका प्रदीप सुनुवारको नेतृत्वमा चारजना मन्त्री र एकजना राज्यमन्त्री पठाएको छ।

कांग्रेसबाट प्रदीप सुनुवार भौतिक पूर्वाधार, मानबहादुर लिम्बु स्वास्थ्य, इसराइल मन्सुरी कृषि र भीम पराजुली पर्यटन तथा वन वातावरण मन्त्री बनेका छन्। कांग्रेसले शोभा चेम्जोङलाई भौतिक पूर्वाधार राज्यमन्त्री बनाएको छ ।

एमालेबाट विदुर लिङ्थेप आर्थिक मामिला तथा योजना मन्त्री, चिन्तन पाठक खानेपानी, सिँचाइ तथा ऊर्जा, इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुन र रामप्रसाद महतो सामाजिक विकास मन्त्री बनेका छन्।

एमालेबाट उमाकान्त गौतम मुख्यमन्त्रीको कार्यालयअन्तर्गत राज्यमन्त्री बनेका छन् । सत्तारुढ दलहरूबीचको सहमति अनुसार दुई/दुई जना राज्यमन्त्री नियुक्त गरिने भएको छ ।

मंगलबार भने एक-एक राज्य मन्त्रीले शपथ लिँदैछन् । अहिले प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण कार्यक्रम हुँदैछ ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ४ : २४ बजे

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भए मुद्दा हाल्नू, कठघरामा उभिन तयार छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।

कांग्रेस फुट्छ कि जुट्छ? ‘गगनजीहरूसँगै जवाफ छ’- रमेश लेखक

काठमाडौं- नेपाली कांग्रेसभित्रको विवाद चर्किरहेका बेला कांग्रेस संस्थापन इतर पक्षका