निर्वाचनको वातावरण बनेको छ : कानूनमन्त्री सिन्हा « Khabarhub

निर्वाचनको वातावरण बनेको छ : कानूनमन्त्री सिन्हा


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले मुलुकमा राजनीतिक वातावरण बन्दै गएको बताएका छन् ।

 निर्वाचन आयोगले प्रतिनिधीसभा सदस्य निर्वाचन–२०८२ का लागि आज आयोजना गरेको ‘मुख्य प्रशिक्षक प्रशिक्षण कार्यशाला गोष्ठी’मा उनले मुलुकमा निर्वाचनको वातावरण बन्दै गएकाले निर्धारित समयमै निर्वाचन हुने बताए।

‘भदौ २३ र २४ को जेन-जी आन्दोलनपछि बनेको वर्तमान सरकारले निर्वाचनलाई मुख्य प्राथमिकतामा राखेको छ, निर्वाचन आयोगसँगको निरन्तर छलफलपछि निर्वाचन गराउने वातावरण निर्माण भएको हो,’ उनले भने जेन-जी आन्दोलनपछि सुरक्षाकर्मी चप्पल र सादा पोशाकमा कार्यस्थलमा खटिएको स्मरण गर्दै गिरेको प्रहरीको मनोबल उठाउन सरकार प्रयत्नशील रहेको उल्लेख गरे ।

मन्त्री सिन्हाले जेन-जी पुस्ताले राखेको माग संविधान संशोधनमार्फत पूरा हुने भन्दै संविधान संशोधनको एकमात्र विकल्प निर्वाचन भएको बताए। 

उनले कठिन परिस्थितिमा राष्ट्रपतिले आफूहरूलाई निर्वाचन गराउने जिम्मेवारी सुम्पिएको बताउँदै उक्त जिम्मेवारीलाई समयमै पूरा गर्न वर्तमान सरकार दृढताका साथ लागेको उल्लेख गरे।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोग जुटेको बताउँदै निर्वाचन सम्पन्न गर्न सबैको साथ र सहयोगको आवश्यकता रहेको उल्लेख गरे। उनले निर्वाचनलाई भयरहित वातावरणमा शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्ने जिम्मेवारी सरकार, निर्वाचन आयोग र राजनीतिक दलको भएको बताए । 

उनले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि गृह मन्त्रालयले सातै प्रदेशमा सुरक्षा गोष्ठी सम्पन्न गरेको बताए। निर्वाचनको सुरक्षाका लागि संयुक्त कमाण्ड फोर्स बनाउन सरकारले काम गरिरहेको उनको भनाइ थियो ।

दुई दिनसम्म चल्ने कार्यशाला गोष्ठीमा प्रतिनिधिसभा सदस्य निर्वाचन स् संवैधानिक तथा कानूनी व्यवस्था र निर्वाचन कार्यक्रम, निर्वाचनको जनशक्ति, आर्थिक, सुरक्षा व्यवस्थापन एवम् मतदाता शिक्षा, निर्वाचन व्यवस्थापनमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति : नीतिगत व्यवस्था, नियमन र नियन्त्रण, निर्वाचन आचारसंहिता अनुगमन र पर्यवेक्षणको बारेमा छलफल हुनेछ । 

यस्तै, निर्वाचन आयोगमा रहेका सूचना प्रविधिसम्बन्धी प्रणालीहरू, मतदाता नामावलीसम्बन्धी व्यवस्था र मतदान, मतगणनासम्बन्धी व्यवस्थापकीय कार्य  मतगणना प्रक्रिया प्रतिवेदनलगायत विषयमा छलफल हुने निर्वाचन आयोगले जनाएको छ ।
 

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ५ : ४१ बजे

चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन– चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित भएका

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौँ– आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति

बेनी–जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी– भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको

स्टार बनाउने ‘गडफादर’ : कसले कसलाई दिए ब्रेक ?

काठमाडौँ- सामान्यताः अरुले प्रभुत्व जमाइरहेको क्षेत्रमा नयाँ व्यक्तिलाई अवसर मिल्न

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब २३ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात

वीरगन्ज– चालु आर्थिक वर्षको प्रथम सात महिनामा एक खर्ब २३