नेकपाले माग्यो राष्ट्रिय सभाका चार सिट, नदिए तीन वटामा चित्त बुझाउने « Khabarhub

नेकपाले माग्यो राष्ट्रिय सभाका चार सिट, नदिए तीन वटामा चित्त बुझाउने


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को परामर्श बैठक पेरिस डाडाँमा सकिएको छ।

बैठकमा मुख्य गरी राष्ट्रियसभा निर्वाचनबारे कुरा भएको छ। नेपाली कांग्रेस, नेकपा एमाले र जसपासँग मिलेर राष्ट्रिय सभामा सिट बाँडफाड गर्दा मतभारको आधारमा संख्या चाहिने विषयमा नेताहरू एकमत भएका छन्।

बैठकमा उपस्थित एक नेताकाअनुसार नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह-संयोजक माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनालले मतभारका आधारमा सिट पाउनु पर्नेबारे छलफल गरेका हुन्।

बैठकमा प्रचण्डले भारत जानुअगाडि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेको विषयमा पनि ब्रिफिङ गरेका थिए।

ब्रिफिङका क्रममा राष्ट्रिय सभामा मिलेर जानेबारे छलफल भएको उनले बताए । तर त्यसबेला नभएकाले मतभारका आधारमा सिट पाउनुपर्ने अडान राखेको उनले उल्लेख गरे ।

मतभारकै आधारमा सिट पाउनुपर्ने नेकपा नेताहरूको अडान छ । राष्ट्रियसभाका चार सिटमा आफूहरूको दाबी रहेको निष्कर्ष नेकपाको परामर्श बैठकले निकालेको छ ।

‘हामीलाई तीन सिट दिइने भनिएको रहेछ तर चार सिटमा हाम्रो दाबी छ । मंगलबार बेलुकासम्म यसमा कुरा मिल्छ’, एक नेताले भने, ‘अहिलेको जटिल परिस्थितिमा मिलेर जाँदा हामीले चार सिटमा दाबी गर्नु मतभारका आधारमा स्वभाविक हुन्छ।’

बैठकमा मंगलबारै बिहान नेपाली कांग्रेसका नेताहरूसँग भेटेर आफूहरूले चार सिटमा दाबी गरेको ब्रिफिङ पनि प्रचण्डले नेताहरूसँग गरे।

बैठकबारे जानकारी दिँदै नेता प्रकाश ज्वालाले भने, ‘सिटको टुङ्गो लागेको छैन, सायद आज बेलुकासम्म लाग्ला । हामीले सम्मानपूर्ण सिट पाउनुपर्ने कुरा राखेका छौं।’

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर बनेको नेकपाको राष्ट्रिय सभाबाट आठ जना बाहिरिँदै छन्। राष्ट्रपतिले नियुक्ति गरेका वामदेव गौतमसमेत जोड्दा नेकपाको ९ सिट खाली हुँदैछ ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ६ : ११ बजे

चार वर्षअघि एमाले छाडेका नेता भण्डारी एमालेमै फर्किए

दोलखा– नेकपा एमाले विभाजित भएपछि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका

धादिङ बस दुर्घटनाः घाइते २२ जनाको काठमाडौंमा उपचार

काठमाडौं – पोखराबाट काठमाडौं आउँदै गर्दा धादिङमा दुर्घटना भएको ग

गीत ‘लम्जुङ्गे बाजा’ सार्वजनिक

काठमाडौं – ‘लम्जुङ्गे बाजा’ शीर्षकको पञ्चेबाजा गीत सार्वजनिक भएको छ

वैकल्पिक राजनीतिको ‘ल्याब टेस्ट’ र नायकवादको विकृति

नेपालको संसदीय इतिहासमा विक्रम संवत् २०८२ फागुन २१ गते हुन

मकवानपुरमा रास्वपालाई ठूलो झट्का, जिल्ला सभापति पराजुली कांग्रेसमा प्रवेश

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका संस्थापक सभापति भरतप्रसाद पराजुली