इन्डोनेसियामा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १६ जना पुग्यो « Khabarhub

इन्डोनेसियामा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १६ जना पुग्यो


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इन्डोनेसियाको पूर्वी प्रान्त उत्तरी सुलावेसीमा आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १६ जना पुग्नुका साथै अन्य तीन जना बेपत्ता रहेको राष्ट्रिय विपद् न्यूनीकरण एजेन्सी (बिएनपिबी) ले जनाएको छ ।

विपदले सितारो टापु रिजन्सीलाई स्थानीय समय अनुसार बिहान लगभग २ः३० प्रहार गरेको तथा लामो भारी वर्षाको कारणले नदीको सतह बढेको बिएनपिबीले जनाएको छ ।

एजेन्सीका अनुसार चार जिल्लामा कम्तीमा १४८ घरहरू प्रभावित भएका छन्, जसमा सातवटा घरहरु ध्वस्त भएका छन् भने २९ वटा गम्भीर रूपमा क्षतिग्रस्त तथा ११२ वटामा सामान्य क्षतिग्रस्त भएका छन् ।

मङ्गलबार जारी गरिएको प्रेस विज्ञप्तीमा बिएनपिबीको डाटा एण्ड इन्फर्मेसन सेन्टरका प्रमुख अब्दुल मुहारीले आपदामा २२ जना घाइते भएको र उपचारका लागि नजिकैको स्वास्थ्य केन्द्रमा लगिएको बताएका छन् ।

उनले ६८२ जना बासिन्दा हाल सुरक्षित अस्थायी आश्रयमा बसिरहेको उल्लेख गदै आपतकालीन प्रतिक्रिया प्रयासहरू विपद् व्यवस्थापन एजेन्सीहरू, खोजी र उद्धार टोलीहरू, सेना, प्रहरी र स्वयंसेवकहरूद्वारा संयुक्त रूपमा भइरहेको बताएका छन् छ।

स्थानीय अधिकारीहरूले १४ दिनको आपतकालीन प्रतिक्रिया अवधि घोषणा गर्दै चरम मौसमी जोखिमको बीचमा बासिन्दाहरूलाई सतर्क रहन आग्रह गरेका छन् ।

इन्डोनेसियाले यस अघि पनि वर्षाको मौसममा बारम्बार आकस्मिक बाढी र पहिरोको सामना गर्दै आएको जनाइएको छ ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ६ : ३६ बजे

लगातार तीन दिन उच्च पदस्थको शपथ : शुक्रबार प्रधानमन्त्री बन्दै बालेन

काठमाडौँ – सरकारले चैत १२ गते दिउँसो २ बजे नवनिर्वाचित

उदाउँदो सूर्यलाई अर्घ दिएर वासन्ती छठ समापन

महोत्तरी– मधेसको प्राचीन मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ

चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन– चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित भएका

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौँ– आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति

बेनी–जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी– भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको