प्यारालाइसिस भएका नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय गोलकर्ता घलेलाई आर्थिक सहयोग « Khabarhub

प्यारालाइसिस भएका नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय गोलकर्ता घलेलाई आर्थिक सहयोग


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – किर्तिमानी फुटबल खेलाडी तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व केन्द्रीय सदस्य वाईवी घलेलाई आर्थिक सहयोग गरिएको छ ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको समन्वय र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ युके शाखाको आयोजनामा नेपालबाट पहिलो अन्तर्राष्ट्रिय गोलकर्ता घलेलाई २ लाख नगद आर्थिक सहयोग गरिएको हो ।

घले प्यारालाइसिस भएपछि ११ बर्षदेखि अस्वस्थ छन् । उनको उपचारमा सहयोग पुगोस् भन्ने योजनाले सहयोग गरएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ युके शाखाका अध्यक्ष सिदार्थ विक्रम क्षेत्रीले बताए ।

क्षेत्रीले घले जस्ता पुराना ‘हिरोज’हरुको खोजि र उनीहरुको सम्मान गर्न पाउँदा खुसी लागेको बताएका छन् ।

तर, पुराना खेलाडी स्वास्थ्य समस्याले थला परिरहँदा सरकार र सम्बन्धीत संघहरु मौन रहँदा भने मन दुख्ने गरेको उनले गुनोसो गरे ।

‘हामी खेलाडीलाई सम्मान गर्नुपर्छ भन्ने सोच बनाइरहेका हुन्छौं । नयाँ खेलाडी भन्दा पनि पुराना हिरोजहरुलाई सहयोग गरौं भन्ने हुन्छ । तर, यस्तो अवस्थामा सहयोग गर्नु नपरोस् भन्ने लागछ,’क्षेत्रीले भने ।

सन् १९८२ देखि १९९० सम्म राष्ट्रिय टिममा रहेका ६१ वर्षीय घले एन्फाका केन्द्रीय सदस्य र एन्फा टेक्निकल डिरेक्टर रहिसकेका छन् ।

सन् १९८२ मा दिल्लीमा भएको एसियाली खेलकुदमा कुवेतविरुद्ध घलेले गरेको गोल नेपालको पहिलो अन्तर्राष्ट्रिय गोल हो ।
सन् १९८५ मा नेपालमा भएको पहिलो दक्षिण एसियाली खेलकुदमा नेपालले स्वर्ण जित्दा घले मुख्य खेलाडी थिए ।
घलेले शाही वायुसेवा निगम, महेन्द्र पुलिस क्लब, आरसीटी र फ्रेन्ड्स क्लबबाट फुटबल खेलेका थिए ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  २ : ०८ बजे

भटौली खोलामाथि निर्माणाधीन पक्की पुल अन्तिम चरणमा

मन्थली– जिल्लाको मन्थली नगरपालिका-७ र खाँडादेवी गाउँपालिका-४ जोड्ने भटौली खोलामाथि

एमाले केन्द्रीय सदस्यहरूको कार्यविभाजन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरिएको

लागूऔषधसहित विभिन्न स्थानबाट ३५ जना पक्राउ

काठमाडौँ– प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागूऔषधसहित ३५ जनालाई पक्राउ गरेको

आज अन्तर्राष्ट्रिय आलु दिवस : ‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ– आज अन्तर्राष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ फल्छ,

पशुपालक महिलाको अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौँ– चरन तथा पशुपालनमा संलग्न महिलाको अन्तर्राष्ट्रिय सम्मेलनले दिगो चरनभूमि