प्रमोद अग्रहरीको डेब्यू बंगलादेशी फिल्म ‘शार्क’को टिजर सार्वजनिक « Khabarhub

प्रमोद अग्रहरीको डेब्यू बंगलादेशी फिल्म ‘शार्क’को टिजर सार्वजनिक


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली नायक प्रमोद अग्रहरीको डेब्यू बंगलादेशी फिल्म ‘शार्क’को टिजर सार्वजनिक भएको छ ।

सामाजिक सञ्जालमा बिहीबार बेलुका सार्वजनिक टिजर प्रमोद केन्द्रित रहेको छ ।

टिजरले फिल्म एक्सन जनरामा बनेको प्रष्ट पार्छ । जहाँ समुद्रको किनारमा गुण्डाहरुसँग प्रमोदले फाइट सुरु गरेको देखाइएको छ ।

बंगाली भाषामा यो फिल्मको नाम ‘हाङ्गोर’ हो भने अंग्रेजीमा ‘शार्क’ हो ।

यो फिल्मका लागि प्रमोदले शरीरलाई सुगठित बनाएको देख्न सकिन्छ ।

उनी नेपाली फिल्मका पनि स्टार र लोकप्रिय कलाकार हुन् । उनी नायक र खलनायक दुवै चरित्रका लागि फिट कलाकार हुन् ।

उनले अभिनय गरेको पछिल्लो नेपाली फिल्म ‘पिताम्बर’ हो । उनी सन् २०१३ देखि नेपाली फिल्ममा सक्रिय छन् ।

प्रमोदले ‘शार्क’ नेपालमा प्रदर्शन हुने वा नहुनेबारे कुनै जानकारी दिएका छैनन् ।

शार्कको टिजर :

https://www.facebook.com/reel/1406125591040016

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ११ : १६ बजे

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्

अमेरिकाले कन्फ्युसियस इन्स्टिच्युटलाई राष्ट्रिय सुरक्षाका लागि खतरा ठहर्‍यायो, बन्द गर्ने तयारी

काठमाडौं – अमेरिकाको रक्षा मन्त्रालयले चिनियाँ भाषा र संस्कृतिको शिक्षा

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई