काठमाडौंमा बलिउड स्टार सञ्जय दत्त, हलमा छन् उनका दुई फिल्म « Khabarhub

काठमाडौंमा बलिउड स्टार सञ्जय दत्त, हलमा छन् उनका दुई फिल्म


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड सुपरस्टार नायक सञ्जय दत्त काठमाडौंको दुई दिने भ्रमणमा छन् । उनी एक जुवाघर उद्घाटनका लागि बिहीबार आए पनि राजनीतिक व्यक्तिसँगको भेटघाट र व्यक्तिगत घुमघामले चर्चामा छन् ।

नेपाल आएका बलिउड स्टार दत्तको चर्चा हुनु ठूलो कुरा होइन । उनको फ्यानबेस नेपालमा पनि राम्रो छ । नेपाली स्टारहरुले समेत उनीसँग भेट गरेको तस्बिर सार्वजनिक गरेका छन् ।

दत्तले बिहीबार साँझ पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका संयोग पुष्पकमल दाहाललाई भेटे । शुक्रबार उनी पशुपति मन्दिर दर्शन गर्न पुगे । उनका गतिविधि दर्शकहरुले चासोका साथ हेरेका छन् ।

व्यवसायिक कारणले काठमाडौं आएका दत्त व्यक्तिगत गतिविधिमा पनि सहभागी भएका हुन् ।

संयोग, दत्त काठमाडौं भ्रमणमा रहेका दौरान उनको अभिनय रहेको दुई फिल्म प्रदर्शनरत छ । शुक्रबारबाट उनको अभिनय रहेको फिल्म ‘राजासाब’ प्रदर्शनमा आएको छ ।

उनको अभिनय रहेको अर्को फिल्म ‘धुरन्धर’ डेसेम्बर ५ देखि प्रदर्शनरत छ । भारतमा सर्वाधिक व्यापार गरेर कीर्तिमान राखेको यो फिल्मले नेपालमा पनि १० करोडमाथि व्यापार गरेको छ ।

दत्त नेपाल भ्रमण सकेर आजै दिल्ली फर्किने बताइएको छ ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ६ : ३४ बजे

खबराको केराखेती : समस्या पहिचान गर्न प्राविधिक टोली परिचालन

म्याग्दी– जिल्लाको बेनी नगरपालिका-२ खबराको केराखेतीमा देखिएको समस्या पहिचान गर्न

बैंकका सञ्चालक र ठूला शेयरधनीको पृष्ठभूमि अनिवार्य खुलाउनुपर्ने राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको सुशासन र

सहकारी क्षेत्रमा कडाइ बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

युद्धविरामका बाबजुद वेस्ट ब्यांकबाट नौ प्यालेस्टिनी पक्राउ

एजेन्सी–  युद्धविराम सम्झौता कायम रहेकै अवस्थामा इजरायली सेनाले बिहीबार कब्जा

पुराना नेताको उछितो काढ्न उनीहरूकै सन्तानको प्रतिस्पर्धा

काठमाडौं- २१ फागुनको निर्वाचनमा १८२ सिट पाएको राष्ट्रिय स्वतन्त्र पार्टी