फिल्म ‘आबाट आमा’को गीत ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा सार्वजनिक « Khabarhub

फिल्म ‘आबाट आमा’को गीत ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा सार्वजनिक


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी माघ १६ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आबाट आमा’मा समावेश गीत ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा सर्वजनिक भएको छ ।

नेवारी भर्सनमा गायक तथा कलाकार यमन श्रेष्ठको स्वर रहेको छ । नेपाली भर्सनको यो गीतमा गायक रवि ओडले स्वर दिएका छन् । रविको स्वरमा रहेको गीत युट्युबमा चर्चामा छ ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले यो गीतलाई नेवारी भाषामा अनुवाद गरेका हुन् । मदन र यमन बुवा-छोरा हुन् ।

‘आबाट आमा’मा नायक पल शाह, विपना थापा, सिम्रन पन्त र साइग्रेस पोखरेल रहेका शीर्ष भूमिकामा छन् । भारतीय कलाकार प्रदीप रावत पनि शीर्ष भूमिकामा रहेको बताइएको छ ।

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यस फिल्मको लेखक र निर्देशक चन्द्र पन्त हुन् । उनको यो दोस्रो फिल्म हो । उनले फिल्म ‘ह्रस्व दीर्घ’बाट निर्देशनमा डेब्यू गरेका हुन् ।

कृष्ण प्रसाद सुबेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगाना यस फिल्मका निर्माता हुन् ।

गीतको लिंक :

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ६ : ५८ बजे

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६