भाषण, जादू र चमत्कारले देश बन्दैन, देश नै नरहने चिन्ता छ : पूर्वराजा शाह « Khabarhub

भाषण, जादू र चमत्कारले देश बन्दैन, देश नै नरहने चिन्ता छ : पूर्वराजा शाह


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले देश नै नरहने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् । ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले हिजो देश नबनेकोमा चिन्ता भएपनि आज भने देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको जनाएका हुन् ।

सन्देशमा उनले नारायणहिटी राजदरबारबाट बाहिरिएको करिब दुई दशक बित्दा पनि देशले सामना गरिरहनु परेको संकटले आफूलाई चिन्तित तुल्याएको बताएका छन् ।

भाषण, जादू र चमत्कारले देश नबनेको र नबन्ने भन्दै उनले सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रुपमा काम गरेको राजसंस्था, जनताले सुम्पेको जिम्मेवारीबाट विमुख हुनै नसक्ने जनाएका छन् । सबै जनताले यो कर्तव्यबोध गरी पृथ्वीपथमा लाग्नुपर्ने उनले बताएका छन् ।

‘झण्डै दुई दशकअघि शान्ति ल्याउँछौं र आर्थिक प्रगतितर्फ देशलाई लैजान्छौं र स्थायित्व दिन्छौं भनेर सत्तामा पुगेका दलहरूको चाहना अनुसार, हामीले श्रीपेच जनताको नासो जनताकै सुरक्षित संरक्षित निकायमा बुझाइ सहयोगी नियतका साथ राजकाजबाट बाहिरै रहेको सर्वविदितै छ ।’ भिडियो सन्देशमा उनले भनेका छन् ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ५ : ११ बजे

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ