नाम चलेका पसलकै मिठाइ दुषित, अनुगमनमा भेटियो पिठोमा साङ्ला « Khabarhub

नाम चलेका पसलकै मिठाइ दुषित, अनुगमनमा भेटियो पिठोमा साङ्ला


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका ठूला मिठाई पसलबाट उत्पादन भएका मिठाइजन्य खाद्यवस्तु गुणस्तहीन पाइएका छन् ।

महानगरपालिकाको कृषि तथा पशु सेवा विभागले गरेको अनुगमनका क्रममा मिठाई पसलमा लेवल नराखिएका वस्तु बेच्न राखिएको, मिठाई बनाउने सामान गुणस्तहीन र सफाइमा ध्यान नदिएकोजस्ता समस्या पाइएको हो ।

अनुगमनका क्रममा सुन्धारामा रहेको गुलाब मिठाई पसलबाट २६ किलो र वाग्मती स्वीटबाट १० किलो मिठाई बनाउने पिठोमा साङ्ला भेटिएको करीब १६० मिठाइ नष्ट गरिएको छ ।

अनुगमन टोलीले उक्त मिठाई पसललाई सरसफइसँगै विवरणसहितको ट्याग राखेर मात्र बिक्री गर्न निर्देशन दिनुका साथै थप कारवाही प्रक्रिया अघि बढाउने जनाएको छ ।

जनस्वास्थ्यमा गम्भीर समस्या सिर्जना हुनसक्ने खानेकुरा उत्पादन र बिक्री गर्नेमाथि नियमित निगरानी गर्ने बताउँदै कृषि तथा पशु सेवा विभागका प्रमुख हरिबहादुर भण्डारीले तिहारका समयमा बिक्री हुने दूधजन्य खाद्यवस्तु, सुक्खा प्याकिङ गरिएका बदाम, काजु, किसमिसजस्ता प्याकिङ फुड, तरकारी, फलफूल र फूलको बजारमा गुणस्तर तथा मूल्यलाई केन्द्रमा राखेर अनुगमन गरिएको बताए ।

नेपालको संविधान, २०७२ को अनुसूची ८ ले उपभोक्ता हित संरक्षणका लागि बजार अनुगमनको जिम्मेवारी स्थानीय तहलाई तोकेको छ । अनुगमनका क्रममा वस्तु वा सेवाको उत्पादनस्थल वा भन्सार विन्दु, ढुवानी मार्ग, भण्डारण तथा सञ्चयस्थल, थोक तथा खुद्रा बिक्री स्थल, उपभोगस्थललगायतका ठाउँ वस्तु वा सेवा प्रदायक, बिक्रेताको व्यावसायिक कारोवारको दर्ता, नवीकरण, आपूर्ति, मूल्य, गुणस्तर, नापतौल, विज्ञापनजस्ता व्यापारिक क्रियाकलाप हेरिन्छ ।

उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ३९ अनुसार निरीक्षण, जाँचबुझ वा खानतलासीका क्रममा तत्काल प्राप्त प्रमाणबाट वस्तुको उत्पादक, ढुवानीकर्ता, पैठारीकर्ता, बिक्रेता वा सेवा प्रदायकले अनुगमनका क्रममा कसुर गरेको देखिएमा निरीक्षण अधिकृतले तत्काल रु पाँच हजार बढीमा रु तीन लाख जरिवाना गराउने सक्ने व्यवस्था छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ७ : १५ बजे

धार्मिक पर्यटनको केन्द्र बन्दै भोजपुरको ‘सिद्धकाली’

भोजपुर– यहाँको प्रसिद्ध सिद्धकाली शक्तिपीठ धार्मिक पर्यटनको केन्द्रका रूपमा क्रमशः

फोरियो खुलामञ्चको स्वरुप, सर्वसाधारणले घुम्न पाउने

काठमाडौं– काठमाडौंको खुलामञ्च अहिले पुनर्जागरणको काम अन्तिम चरणमा पुगेको छ

पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना, एघार जना घाइते

तानसेन– विद्यार्थी बोकेको बस आज बिहान यहाँ दुर्घटना हुँदा ११

छिम्केश्वरी उद्यान आन्तरिक पर्यटकको रोजाइमा

दमौली– जिल्लाको सबैभन्दा अग्लो स्थान छिम्केश्वरीमा निर्माण गरिएको उद्यान (पार्क)

वर्षाले धानबालीमा क्षति पुगेका किसानलाई नगद उपलब्ध गराउने

त्रिशूली– नुवाकोटको बेलकोटगढी नगरपालिकाले हालैको अविरल वर्षाका कारण धानबालीमा क्षति