बागलुङमा जीप दुर्घटना, दुई जनाको मृत्यु « Khabarhub

बागलुङमा जीप दुर्घटना, दुई जनाको मृत्यु


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको तमानखोला गाउँपालिकामा शुक्रबार राति जीप दुर्घटना हुँदा चालक र सह–चालकको मृत्यु भएको छ ।

वडा नं ३ तमानदेखि वडा नम्बर १ बोङगादोभान बजारतर्फ आउँदै गरेको ध १ ज ७०५ नम्बरको पिकअप जीप रिफ्लाङमा राति दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा तमानखोला–१ निवासी चालक झकबहादुर विक र सोही स्थानका सह–चालक ओमबहादुर गोतामेको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।

पिकअप सडकदेखि करीब एक हजार २०० मिटर तल खसेको प्रहरी चौकी तमानखोलास्थित बोङ्गादोभान प्रहरी चौकीले जनाएको छ ।

यात्रु छाडेर फर्कदै गरेको जीप घुम्तीमा साँघुरो सडक भएको हुँदा दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

रातको समयमा दुर्घटना हुँदा उद्धारमा निकै समस्या भएको प्रहरीले जनाएको छ । शव रातिनै परीक्षणका लागि ढोरपाटन नगरपालिका–१ बुर्तिवाङ स्वास्थ्य केन्द्रमा ल्याइएको भट्टले जानकारी दिए ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ७ : ४० बजे

अन्तर्राष्ट्रिय बजारमा बढेर आए पनि बढाइएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । अन्तरराष्ट्रिय बजारबाट बढेर आए पनि नेपालले भने यसपटक

चीनबाट दोस्रो चरणको राहत सामग्रीसँगै आइपुग्यो डीएनए परीक्षण विज्ञ टोली

काठमाडौं- चीन सरकारले नेपालका बाढी प्रभावित क्षेत्रमा सहयोगका लागि पठाएको

बाढी प्रभावित क्षेत्रको बिमा दाबी भुक्तानी सहज बनाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको बिमा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब निकासा

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ

सुरुङमा फसेकाको उद्धारमा विदेशी सहयोग नलिएको भन्दै कांग्रेसको आपत्ति

काठमाडौँ । नेपाली कांग्रेसले १० भदौको रसुवाको भोटेकोशीमा गएको भीषण