जमातलाई नजरअन्दाज गरे नीति महाधिवेशनबाट नेतृत्व चयन हुन्छ : श्रेष्ठ « Khabarhub

जमातलाई नजरअन्दाज गरे नीति महाधिवेशनबाट नेतृत्व चयन हुन्छ : श्रेष्ठ


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले पार्टी नेतृत्व सभापति लगायतका पदाधिकारीहरूले विशेष महाधिवेशनमा भएको उपस्थितिलाई नजरअन्दाज गरिएका बन्दसत्रबाट नेतृत्व चयन गर्ने चेतावनी दिएका छन् । पार्टीको विशेष महाधिवेशनमा बोल्दै श्रेष्ठले पार्टी सभापति लगायतलाई महाधिवेशनमा उपस्थिति हुन आह्वान गर्दै सो बताएका हुन् ।

‘यो आजको उपस्थितिलाई केन्द्रीय सभापति लगायत केन्द्रीय पदाधिकारीहरूले नजरअन्दाज नगर्नुहोला, भोलि नीतिगत कुराहरू बन्दसत्रमा प्रवेश गर्नेछन्’, उनले भने, ‘आज यत्रो जनमानस ७७ वटै जिल्लाबाट महाधिवेशन साथीहरूको उपस्थिति छ, यो जमातलाई नजरअन्दाज गर्नुभयो भने नीति अधिवेशनबाट नेतृत्व परिवर्तनको पनि अधिवेशन हुनसक्छ, हेक्का राख्नुहोला ।’

साथै, श्रेष्ठले आफूहरू पार्टी फुटाउन नलागेको भन्दै ६ भाई टिकेको मात्रै कुरा नसुन्न सभापति शेरबहादुर देउवालाई सुझाए । ‘हामी पार्टी फुटाउन होइन, पार्टीलाई एकताबद्ध बनाएर जान यो विशेष महाधिवेशन आह्वान गरेका हौं, आउनुस अझ पनि समय छ, हाम्रो कारणले पार्टी फुट्ने छैन, यी टिके छ भाइको मात्रै कुरा नसुन्नुस आदरणीय सभापति ज्यु, हामी पनि तपाईंकै भाइ भतिजा हौं, हाम्रा पनि कुरा सुन्नुहोला आदरणीय सभापति ज्यु’, उनले भने ।

नेपाली कांग्रेसको विशेष अधिवेशनलाई नेपाली जनताले हेरिरहेको भन्दै गोजीबाट टिकट दिएर आगामी निर्वाचनमा जित हासिल हुन नसक्ने पनि उनले बताए ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ४ : ०३ बजे

इरान–इजरायल तनाव थप चर्कियो

एजेन्सी– मध्यपूर्वमा युद्धविरामको सम्भावना झल्किएको केही घण्टामै इरानले इजरायलमाथि नयाँ

विश्वमा एक करोड सात लाख सक्रिय क्षयरोगी

भक्तपुर–  ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो

चितवनका दुग्ध उत्पादक किसानले ५५ करोड भुक्तानी पाएनन्

चितवन– जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्री गरे बापत ५५

इरानमाथि आक्रमण : अमेरिकी रक्षामन्त्रीले लिएका थिए अग्रसरता, उपराष्ट्रपति भान्स छैनन् सन्तुष्ट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनालल्ड ट्रम्पले आफ्ना रक्षामन्त्री पेट हेगसेथ इरानविरुद्ध

टीबीविरुद्ध अभियानमा सहकार्यका लागि औषधि व्यवसायी संघको आह्वान

काठमाडौं– विश्व क्षयरोग दिवसको अवसरमा नेपाल औषधि व्यवसायी संघ (एनसीडीए–काठमाडौं)