नेपाली क्रिकेटमा प्रतिभाको कमी छैन– पारस खड्का « Khabarhub

नेपाली क्रिकेटमा प्रतिभाको कमी छैन– पारस खड्का


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पहिलो संस्करणको वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल)–२०१९ चितवन राइनोजलाई उपाधि सुम्पिदैसम्पन्न भएको छ ।

क्विन्स इभेन्ट मेनेजमेन्टको आयोजनामा सम्पन्न भएको लिगमा विजेता टोलीका खेलाडी मात्रै खुसी भएनन्, सम्पूर्ण महिला क्रिकेटरले खुसी मनाए ।

कारण थियो, पहिलो पटक आयोजना भएको फ्रेन्चाईजी टि–२० लिगमा उत्साहका साथ खेल्न पाउनु । महिला क्रिकेटरको खेल पहिलो पटक टेलिभिजन स्किनमा देखाइएको थियो ।

लिग शुरु हुनुभन्दा अगाडिको प्रि–म्याच कन्फ्रिेसनमा क्रिकेटरहरुले भनेका थिए, पहिलो पटक आफुहरुले खेलेको खेल लाइभ आउँदैछ यसैले पनि केही ‘नर्भस’ छौं ।

आयोजकले एसियाकै पहिलो फ्रेन्चाइजी लिगका रुपमा दाबी गरेको छ । त्यो नभएपनि महिला क्रिकेटका लागि भने डब्लुसिएल महत्वपूर्ण कोसेढुङ्गा बन्ने क्रिकेट विश्लेषकहरुको विश्लेषण छ ।

यता, राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान पारस खड्काले महिला क्रिकेटको विकासका लागि डब्लुसिएलले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

खड्का आफै पनि डब्लुसिएलको व्यवस्थापनमा संलग्न भएका थिए । यतिमात्रै उनकै सक्रियतामा अघिल्लो बर्ष पोखरा प्रिमियर लिग (पीपीएल) को पहिलो संस्करण पोखरामा सम्पन्न भएको थियो भने दोस्रो संस्करण मंसिर अन्तिममा हुने मिति तय भएको छ ।

महिला क्रिकेटरले खेल्न पाउनु नै महत्वपूर्ण उपलब्धी रहेको खड्काले बताएका छन् । ‘सबैभन्दा ठूलो उपलब्धी भनेको यो प्रतियोगिता आयोजना भयो र महिला क्रिकेटरहरुले खेल्न पाउनु भयो । आशा छ, आगामी दिनमा उहाँहरुले यस्तो खालको प्रतियोगिता आगामि दिनमा पनि हुनुपर्छ,’ खड्काले भने,‘नेपाली महिला क्रिकेटमा प्रतिभाको कमी कहिलै थिएन् पनि हुनेपनि छैन् कमी हुनेछ मात्रै त्यो प्रतिभा बाहिर ल्याउने ‘प्लेटर्फ’ को ।’

खड्काले त्यो प्रतिभा चिन्ने गरि वुमन्स च्याम्पियन्स लिग एक प्लेटफर्म बनेर आएको समेत दाबी गरेका छन् । ‘यसले मात्रै पुग्दैन । आगामि दिनमा यस्तै ठूला प्रतियोगिता हुनु जरुरी छ ।’

राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्रीले ‘महिला क्रिकेटले जिते’को दिनका रुपमा संकेत गरिन् । रुविनाले लिगमा क्याट काठमाडौं क्विन्सको नेतृत्व गरेकि थिइन् । जसमा उनको टोली उपविजेता बनेको थियो ।

उनले फाइनलपछि भनेकि थिइन्,‘हाम्रो टोलीले हारेपनि यो आज महिला क्रिकेटले जितेको छ ।’

खेलाडी तथा कप्तानका रुपमा सफल रहेका पारस खड्काले डब्लुसिएल गर्दा धेरै अनुभव बटुलेको बताएका छन् ।

उनले व्यवस्थापन गर्न आफुहरुलाई भन्दा पनि टिमका ‘अनर’ हरुको सहयोग विना यो प्रतियोगिता आयोजना गर्न कठिन रहेको बताएका छन् । पोखरा प्रिमियर लिग (पुरुष) क्रिकेट लिग गर्दा भन्दा डब्लुसिएल आयोजना गर्दामा प्रायोजक खोज्न जुटाउन समस्या भएको खड्काले बताए ।

‘लिग गर्न तयारी गरिरहँदा टिम जुटाउन समस्या भयो र पछि प्रायोजक जुटाउन समस्या भयो । पुरुष क्रिकेटलाई जति सजिलै स्पोन्सरसिप पाउँन छ । त्यती सजिलो महिला क्रिकेटलाई थिएन । पहिलो पटक भएकाले ठूलो अपेक्षा पनि गरेका थिएनौं । खुसी छौं ।’

खड्काले आफु आउँदा दिनहरुमा पनि महिला क्रिकेटको विकासमा निरन्तर लागिरहने बताएका छन् ।

तस्बिर डब्लुसिएलको पेजबाट

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  १० : ३० बजे

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कुट्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा

काठमाडौँ – काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार

प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको

आज इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

काठमाडौँ – इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल)

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय