काठमाडौं– नेपाली कांग्रेसका नेता चन्द्रप्रसाद भण्डारीले पूर्व राजा ज्ञानेन्द्र हाँसेर मुकुट दिएर गएको तर, जेन-जी आन्दोलनमा नेता जोगाउन हेलिकप्टर प्रयोग गर्नुपरेको बताएका छन् ।
पार्टीको विशेष महाधिवेशनमा बोल्दै नेता भण्डारीले नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाए ।
‘०६३/६३ सालको राजा जसलाई हामीले तानसाह भन्यौँ, उनीले दरबारमा राजनीतिक साथीहरूलाई बोलाएर निशानी हस्तान्तरण गरे, श्रीपेच हस्तान्तरण गरे, ल तपाईँहरू राम्ररी बस्नुहोला भनेर आफैँ गाडी चलाएर गए’, उनले भने, ‘तर, हाम्रा नेतालाई जोगाउनलाई हेलिकप्टर चढाएर लगेर राख्नुपर्यो ।’
उनले यस्तो अवस्था प्रजातन्त्र नभएको बताए ।
आफ्ना वरिपरि घुम्नेहरूलाई शासन सत्ता सुम्पेर मुलुक बन्दोरहेनछ भन्ने कुरा पनि जेन-जी आन्दोलनले देखाएको नेता भण्डारीको भनाइ थियो ।













प्रतिक्रिया