अब पुरानै ढंगले नयाँ यात्रा गर्न सकिँदैन : विश्वप्रकाश शर्मा « Khabarhub

अब पुरानै ढंगले नयाँ यात्रा गर्न सकिँदैन : विश्वप्रकाश शर्मा


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा अब पुरानै ढंगले यात्रा गर्न नसकिने बताएका छन् । पार्टीको विशेष महाधिवेशनमा बोल्दै महामन्त्री शर्माले पार्टी सञ्चालनको क्रममा भएका कमीकमजोरीको जिम्मेवारी लिँदै अब नयाँ ढंगले अगाडि बढ्नुपर्ने बताए ।

‘पार्टीमा भएको कमजोरीको हिस्सा महामन्त्रीको नाताले हामी पनि लिन्छौँ, त्यसैले त्यसलाई स्वीकार गरेर नै हामीले भनेका हौँ अब पुरानै ढंगले नयाँ यात्रा सकिँदैन’, उनले भने, ‘अब मुलुकमा नयाँ परिस्थिति बनेको छ, बनेको परिस्थितिलाई सामना गर्नको लागि नयाँ परिस्थिति निर्माण गर्नको लागि मनस्थिति पुरानो राखेर हुँदैन ।’

उनले राजनीतिमा पनि मौसम परिवर्तन हुने र सो बुझ्ने क्षमता नेतृत्वमा हुनुपर्ने बताए । आफूहरूले मौसम खराबीलाई बुझेपछि बद्लिएको मौसमअनुसार नयाँ ढंगले जाने मुढमा भएको पनि विचार उनले व्यक्त गरे ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ६ : १४ बजे

गरिमाका बाबुआमासँग गृहमन्त्रीको वार्ता सुरु

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीको बुवाआमाबीच वार्ता सुरु

बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित

काठमाडौं- अष्ट्रेलियामा जारी ‘टप इन्ड टी–२० क्रिकेट सिरिज’मा नेपाल ‘ए’

सरकार र दुर्गा प्रसाईंको अभियानबीच सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

काठमाडौं- नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु गृहमा

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा