गगनले भने, ‘कांग्रेस दास र लासको पार्टी होइन, जिउँदाहरूको हो’ « Khabarhub

गगनले भने, ‘कांग्रेस दास र लासको पार्टी होइन, जिउँदाहरूको हो’


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस दास र लासको नभइ जिउँदाहरुको पार्टी रहेको बताएका छन् । राजधानीको भृकुटीमण्डमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले आफ्नो पार्टीमा प्रश्न गर्न पाइने जिकिर गरेका छन् । प्रश्न गर्नेले नै उत्तर दिनसक्ने उनको भनाइ छ ।

उनले भनेका छन्, ‘यो कुनै बाको संगठन होइन यहाँ प्रश्नहरु छन्, त्यो गर्न पाइन्छ । जसले प्रश्न गर्न खोज्दैन त्यसले उत्तर पनि गर्न सक्दैन ।’

प्रश्नहरूले नै कांग्रेसलाई जिउँदो राखेको उनको तर्क छ । जिउँदो कांग्रेसले बल्ल प्रश्नहरूको समाधान गर्न सक्ने उनले उल्लेख गरेका छन् ।

उनले सभापति शेरबहादुर देउवाले गरेको संघर्षलाई पार्टीले सधैँ सम्झिरहने पनि बताए । यद्यपि सभापति देउवाले आफ्नो वाचा पूरा नगरेको उनको तर्क छ । ‘मङ्सिरभित्र महाधिवेशन गर्नुस् भन्दा कार्यवाहक दिएर सबै कुरा छाडेर गएँ भन्नुभएको होइन खै त ?’ उनले प्रश्न गरे ।

उनले सभापति र प्रधानमन्त्री बन्ने विषयले आफूलाई नलोभ्याएको पनि उल्लेख गरेका छन् । ‘म पार्टी एकीकरण गर्नुपर्छ भन्ने अभियानको सिपाही हो । आज नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहलाई सम्झनुपर्छ । नेपाली कांग्रेस स्थापना भएको बेलामा कसैले चुनाव लडौँला मन्त्री बनौँला, प्रधानमन्त्री बनौँला, सभापति हुँला भनेको थिएन ।’ उनले भने, ‘त्यस्तै, मैले पनि आज एक ढिक्क हुनुपर्छ र जनताको जनभावना बुझ्नुपर्छ भनिरहेको छु ।’

उनले नेपाली कांग्रेस राष्ट्रिय शक्ति भएको उल्लेख गर्दै समाजमा जे समस्या हुन्छ, त्यो समस्यालाई छाम्ने र चिन्ने पार्टी नै कांग्रेस भएको बताए ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ६ : ४६ बजे

सर्वोच्चको फैसलापछि घिमिरे भने : अब विवाद बिर्सेर अघि बढौं

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले सर्वोच्च अदालतको पछिल्लो

यी कारण खुलाउँदै सर्वोच्चले दियो गगन नेतृत्वलाई कांग्रेसको आधिकारिकता

काठमाडौं – सर्वोच्च अदालतले तीन प्रमुख कारण देखाउँदै नेपाली कांग्रेसको

विमलेन्द्र निधिले भने : विशेष महाधिवेशन मैले मानेको छैन, अब पनि मान्दिँन

काठमाडौं – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी आधिकारिकतासम्बन्धी सर्वोच्च

अब कांग्रेस एक बनाउने जिम्मा गगन थापाको : प्रकाशशरण महत

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता विवादबारे रिटमा सर्वोच्च अदालतले गगन

कांग्रेस विवाद : यस्ता छन् सर्वोच्चले गरेको फैसलाका मुख्य बुँदा

काठमाडौं – सर्वोच्च अदालतले गगन थापा पक्षको नेतृत्व रहेको नेपाली