कांग्रेसको विशेष महाधिवेशनमा २ हजार ६६२ प्रतिनिधि सहभागी « Khabarhub

कांग्रेसको विशेष महाधिवेशनमा २ हजार ६६२ प्रतिनिधि सहभागी


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने प्रतिनिधिहरूको संख्या २ हजार ६ सय ६२ जना पुगेको छ । विशेष महाधिवेशन सचिवालयका अनुसार साँझ ८ बजेसम्म २ हजार ६ सय ६२ जना प्रतिनिधिले हस्ताक्षर गरिसकेका छन् ।

दर्ता विवरणअनुसार कोशी प्रदेशबाट ४२५, मधेश प्रदेशबाट ४४६, बागमती प्रदेशबाट ४३२, गण्डकी प्रदेशबाट २९६, लुम्बिनी प्रदेशबाट ३९८, कर्णाली प्रदेशबाट १३४ र सुदूरपश्चिम प्रदेशबाट १५८ जना प्रतिनिधि दर्ता भएका छन्।

त्यसैगरी उपत्यकाबाट १७८ तथा भातृ, शुभेच्छुक र जनसम्पर्क समितिबाट १९५ जना सहभागी भएका छन्। कांग्रेसमा देशभर ४ हजार ७ सय ४३ जना प्रतिनिधि रहेका छन् ।

विशेष महाधिवेशन सचिवालयले भोलि बिहान ८ बजेदेखि पुनः प्रतिनिधि दर्ता प्रक्रिया सुरु हुने जानकारी दिएको छ। । भोलि बिहान १० बजेबाट बन्दसत्र सुरु हुने बताइएको छ ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ९ : २५ बजे

इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

तेहरान– इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका

पोखरा एभेन्जर्सबाट खेल्न नेपाल आइपुगे बंगलादेशका पूर्वकप्तान शाकिब अल हसन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न

एनपीएल सिजन ३ को पुरस्कार सार्वजनिक : विजेताले १ करोड ५० लाख पाउने

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

अउडीले अमेरिकामा ४ अर्ब डलर लगानी गर्ने

वासिङ्टन – जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो

एनपीएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले