फ्लप भयो प्रदीप खड्का स्टारर ‘एक्लो’ « Khabarhub

फ्लप भयो प्रदीप खड्का स्टारर ‘एक्लो’


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक प्रदीप खड्काको अभिनय रहेको फिल्म ‘एक्लो’ बक्स अफिसमा फ्लप भएको छ । सुरुवाती दिनदेखि नै हलमा कम दर्शक पाएको यस फिल्मको १० दिने ग्रस कलेक्सन हेर्दा १ करोड व्यापार गर्न पनि मुस्किल देखिन्छ ।

चलचित्र विकास बोर्डका अनुसार यो फिल्मले पुस १७ देखि २६ गतेसम्म ४३ लाख २५ हजार मात्रै ग्रस कलेक्सन गरेको छ ।

साइन्स फिक्सन जनरामा बनेको यस फिल्मले दर्शकबाट सकारात्मक वर्ड अफ माउथ पाउन सकेन । यसको असर व्यापारमा देखिएको हो । अहिले अधिकांश हलहरुले यस फिल्मको शो कटौती गरिसकेका छन् ।

यस फिल्ममा बेलायती नायक जेमी बेकन, विजय लामा, कविता नेपाली, बेनिशा हमाल, दिनेश डीसी र सुरजसिंह ठकुरीलगायतको अभिनय रहेको छ ।

शाइ प्रोडक्सन नेपालको ब्यानरमा बनेको यस फिल्मको लेखक र निर्देशक प्रलीप शाही हुन् ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ६ : ०१ बजे

खबराको केराखेती : समस्या पहिचान गर्न प्राविधिक टोली परिचालन

म्याग्दी– जिल्लाको बेनी नगरपालिका-२ खबराको केराखेतीमा देखिएको समस्या पहिचान गर्न

बैंकका सञ्चालक र ठूला शेयरधनीको पृष्ठभूमि अनिवार्य खुलाउनुपर्ने राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको सुशासन र

सहकारी क्षेत्रमा कडाइ बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

युद्धविरामका बाबजुद वेस्ट ब्यांकबाट नौ प्यालेस्टिनी पक्राउ

एजेन्सी–  युद्धविराम सम्झौता कायम रहेकै अवस्थामा इजरायली सेनाले बिहीबार कब्जा

पुराना नेताको उछितो काढ्न उनीहरूकै सन्तानको प्रतिस्पर्धा

काठमाडौं- २१ फागुनको निर्वाचनमा १८२ सिट पाएको राष्ट्रिय स्वतन्त्र पार्टी