एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म « Khabarhub

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष महाधिवेशन पक्षबीच वार्ता समिति बनेको छ । समितिमा संस्थापनबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का र रमेश लेखक छन् । उता विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, देवराज चालिसे र मधु आचार्य छन् ।

त्यस्तै विशेष महाधिवेशनले एकताका लागि विभिन्न शर्तहरू अघि सारेको छ । नेताहरूका अनुसार विशेष पक्षले ७ वटा शर्त राखेको छ ।
यस्ता छन् शर्तहरू

– विशेष महाधिवेशनको राजनीतिक स्वामित्व केन्द्रीय समितिले लिनुपर्ने ।

– विशेष महाधिवेशनमा पेस भएका, संकलन गरिएका प्रस्ताव र सुझावहरूलाई कांग्रेस केन्द्रीय समितिले ग्रहण गर्ने ।

– फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीले कुनै पनि अन्य राजनीतिक
दलसँग गठबन्धन नगर्ने ।

– उम्मेदवारहरू चयन गर्न विधान बमोजिम संसदीय बोर्ड गठन
गर्ने । बोर्डमा विशेष महाधिवेशन पक्षधरहरूको सम्मानजनक
उपस्थिति हुनुपर्ने ।

– टिकट वितरणमा एकलौटी गर्न नपाइने ।

– निर्वाचनमा उम्मेदवारलाई वितरण गर्ने टिकटमा देउवाको हस्ताक्षर हुन नहुने, कार्यवाहकको हुनुपर्ने

– विशेष महाधिवेशनको समापनमा कार्यवाहक सभापति र शेखर कोइराला पनि सहभागी हुनुपर्ने ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  १० : ४५ बजे

इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

तेहरान– इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका

पोखरा एभेन्जर्सबाट खेल्न नेपाल आइपुगे बंगलादेशका पूर्वकप्तान शाकिब अल हसन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न

एनपीएल सिजन ३ को पुरस्कार सार्वजनिक : विजेताले १ करोड ५० लाख पाउने

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

अउडीले अमेरिकामा ४ अर्ब डलर लगानी गर्ने

वासिङ्टन – जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो

एनपीएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले